यस्ता छन् कालो अंगुरका बहुउपयोगी फाइदा

यस्ता छन् कालो अंगुरका बहुउपयोगी फाइदा

  • पौष २३, २०७७ बिहिवार
  • ०७:२६:४३ बजे
  • 5.2K
    SHARES
  • यस्ता छन् कालो अंगुरका बहुउपयोगी फाइदा

    काठमाडौँ : अंगुर मिठो नलाग्ने सायदै मानिसहरू होलान् । त्यसमा पनि कालो अंगुर त झन् औषधीय गुणले भरिपूर्ण हुन्छ । आज हामी कालो अंगुर खाँदाका बहुउपयोगी फाइदा बारेमा चर्चा गर्दैछौँ –

    हृदयघात : अध्ययन अनुसार हृदयघात जस्तो गम्भीर रोगमा पनि अंगुर लाभदायक हुन्छ । यसले शरीरमा रगत जम्न दिँदैन जसका कारण मुटु ठीक अवस्थामा रहन्छ । तपाई पनि मुटुरोगी हुनुहुन्छ भने कालो अंगुरको रस पिउनुहोस् ।

    माइग्रेन : कतिपयलाई माइग्रेन जस्तो रोगले निकै सताइरहेको हुन्छ । यस्तो समस्यामा टाउकोको आधा भाग दुख्ने गर्दछ । यस्तो पीडाको समयमा कालो अंगुरको सेवन गर्नु भएमा पीडा हराउँदछ ।

    रक्ताल्पता : शरीरमा रगतको कमी हुँदा कमजोरी महशुस हुने र अन्य स्वास्थ्य समस्या पनि देखा पर्ने हुन्छ । यस्तो अवस्था निम्तिन नदिनको लागि दिनदिनै खाली पेट अंगुर खानुहोस् ।

    अंगुरमा भएको पोलीफेनोलिक फाइटोकेमिकलले शरीरलाई क्यान्सरबाट मात्र नभई कोरोनरी मुटुरोग, नसारोग, बिर्सने रोग र फंगल संक्रमणबाट लड्ने क्षमता प्रदान गर्दछ ।

    फोका : अनुहार वा जिउमा आएका फोकालाई सुकाउनका लागि अंगुर सहयोगी हुन्छ ।

    रक्तस्राव : शरीरको कुनै भागबाट धेरै रगत बग्यो भने अंगुरको जुस एक गिलास बनाएर दुई चम्चा मह मिसाएर पिउँदा ठीक हुने बताइन्छ । 

  • सम्बन्धित विषय:

  • # कालो अंगुरका फाइदा

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार