बागलुङ : काठेखोला गाउँपालिका वडा नम्बर १ मा रहेको धिमी करिना माविको विद्यालय व्यवस्थापन समिति गठन भएकाे छ।
कोभिड १९ का कारण लामो समयसम्म रोकिएको व्यवस्थापन समिति गठन प्रक्रिया स्वास्थ्य मापदण्ड पालना गरि बुधबार सम्पन्न भएको हो। अभिभावक भेलाबाट रन बहादुर थापाको अध्यक्षतामामा नौ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ।
समितिकाे सदस्यमा गणेश नेपाली, अभिभावक तेज बहादुर रोका, कुमारी थापा, प्रतिमा रोका, सदस्य खडक थापा, चन्दादाताबाट चन्द्र कला थापा र सदस्य सचिवमा
विद्यालयका प्रअ रतन थापा चयन भएका छन्। भेलाबाट धन बहादुर थापाको संयोजकत्वमा ११ सदस्यिय शिक्षक अभिभावक संघ गठन गरिएको छ।
शिक्षक अभिभावक संघको सदस्यमा पवित्रा थापा, शिवानी थापा, लक्ष्मण कुँवर,भद्रकला थापा,झिम बहादुर विक,गोरि थापा र नर बहादुर रोका सर्वसम्मतिले चयन भएका छन् ।
कार्यक्रममा वडा अध्यक्ष खडक बहादुर थापाले बजारमा गएर विक्ने खालको शिक्षा र समाज सुधार गर्ने बानीको विकास सहितको शिक्षा विद्यालयले दिन सक्ने वातावरण विव्यस र प्रशासनले बनाउन जरुरी रहेको बताए ।
नवनिर्वाचित अध्यक्ष रन बहादुर थापाले विद्यालयका हरेक गविधिलाई सुशान र शिक्षालाई गुणस्तरी बनाउन आफू हरकदम लाग्ने बताए । कार्यक्रममा विद्यालयको प्रगती प्रतिवेदन विद्यालयका प्रधानाध्यापक रतन थापाले प्रस्तुत गरेका थिए ।
ज्येष्ठ सदस्य मान बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत शिक्षक चित्र बहादुर कार्की र संचालन शिक्षक गोरे विकले गरेका थिए ।