उनले यो गीतमा आफुले यात्रा गर्दाको दृष्यलाई समेटेर यात्राप्रधान म्युजिक भिडियोको रुपमा बनाएकी छिन् । यो भिडियोलाई पल्पसा आफैंले निर्देशन गरेकी हुन् । जसमा रबिन भट्ट र अशोक चौधरीको सम्पादन रहेको छ ।
भिडियोलाई पल्पसाले आफ्नै युट्युव च्यानलबाट रिलिज गरेकी छिन् । भिडियोलाई पवन डँगोलले खिचेका हुन् । यो गीतमा अशोक राईको सँगीत रहेको छ ।
गीतमा गायिका एवम् अभिनेत्री पल्पसाकै सुन्दरताको चर्चा गरिएको छ ।उनको यो गीतलाई प्रकाश पौडेल र पल्पसा आफैंले सँयुक्त रुपमा लेखेका हुन् ।