समाजसेवाको नाममा ठगी धन्दा चलाउने युवती यसरी परिन् पक्राउ

समाजसेवाको नाममा ठगी धन्दा चलाउने युवती यसरी परिन् पक्राउ

  • पौष २३, २०७७ बिहिवार
  • २०:२५:१४ बजे
  • 6.3K
    SHARES
  • समाजसेवाको नाममा ठगी धन्दा चलाउने युवती यसरी परिन् पक्राउ

    सुर्खेत : समाजसेवाको नाममा ठगीको धन्दा चलाएको आरोपमा एक युवती पक्राउ परेकी छन् । इटहरी उपमहानगरपालिका–४, सुनसरीकी २४ वर्षीया विद्या शर्मा नाम बताउने विद्या सरकार पक्राउ परेकी हुन् ।

    उनलाई बिहीबार दैलेख प्रहरी सार्वजनिक गरेको छ । दैलेख प्रहरीको समन्वयमा महानगरीय प्रहरी परिसर टेकु काठमाडौंले ती युवतीलाई पक्राउ गरेको हो ।आफूलाई अभियन्ता र समाजसेवीका रूपमा चिनाउँने विद्या केही समयअघि कोरोना महामारीका बेला दैलेखसम्म पुगेर राहत वितरण गरेकी थिइन् ।

    दैलेखको नारायण नगरपालिकामा आएकी उनले आफू अन्तर्राष्ट्रिय सिंगापुर रेडक्रस सोसाइटीको नेपाल प्रमुख ९सीईओ० हुँ भन्दै विभिन्न ठगी सम्वन्धिका गतिविधी गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी अनुपम श्रेष्ठले जानकारी दिए ।

    डीएसपी श्रेष्ठका अनुसार उनले कहिले मृतात्माको शान्तिको लागि, कहिले सामाजिक सेवा र अभियानको निम्ति भनेर धेरै मानिसहरूबाट पैसा उठाएर मानिसहरूलाई पीडित बनाएकी छन् ।

    लकडाउनका बेला गत असारमा दैलेख आएकी विद्याले आफनो संस्थाले स्थानीय तहमा स्वास्थ्य सामग्री र राहत बाँड्ने जिम्मा आफूलाई दिएको भन्दै केही स्थानीय तहमा स्वास्थ्य सामग्री र खाद्यान्न वितरण गरेकी थिइन् ।

    उनले स्थानीय तहको समुन्वयमा स्वास्थ्य सामग्री, त्रिपाल, सेनिटाइजर, मास्क, पन्जा र खाद्यान्न वितरण गरेकी थिइन् ।आफ्नो अमेरिकाको लागि भिसा लागेको र आफूले ८/१० जना युवालाई अमेरिका पठाउन सक्छु भन्दै युवालाई प्रलोभन देखाएको पाइएको डीएसपी श्रेष्ठ बताउँछन् ।

    प्रलोभन देखाएर उनले कात्तिक १४ गते नारायण नगरपालिका–१, नयाँबजारका मनोज थापालाई बैंकमार्फत ९० हजार रुपैयाँ जम्मा गर्न लगाएर ठगी गरेको उजुरीसमेत प्राप्त भएको दैलेख प्रहरीले जनाएको छ । त्यस दिनदेखि मनोजसँग विद्या सम्पर्कविहीन भएकी थिइन् ।

    उनले नारायण नगरपालिका–१, का २८ वर्षीय विवेक थापालाई पनि अमेरिका पठाउने प्रलोभनमा पारी वैशाख ३१ गतेदेखि असोज १८ गतेसम्म ५२ लाख १४ हजार दश रुपैयाँ पठाउन लगाएर सम्पर्कविहीन भएकी थिइन् ।

    ठगी कसुरअन्तर्गत विवेकको जाहेरी दरखास्त परेपछि प्रहरी अदालतबाट पुस ९ गते पक्राउ अनुमति पाएको थियो । प्रहरीका अनुसार दुईवटा मात्र उजुरी दर्ता भए पनि धेरैजनालाई समाज सेवा र अमेरिका लैजाने प्रलोभनमा करिब दुई करोडभन्दा बढी ठगेको अनुमान गरिएको छ ।

    राहत वितरणकै लागि भनेर विभिन्न व्यापारिक संस्थाबाट सामान लिएको तर पैसा नदिएको मौखिक गुनासो प्रहरीमा छ ।

  • सम्बन्धित विषय:

  • # समाजसेवा
  • # ठगी धन्दा

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार