अमर मावि बिहुँमा खिमानन्द—हरिकला अक्षयकोषको स्थापना

अमर मावि बिहुँमा खिमानन्द—हरिकला अक्षयकोषको स्थापना

  • पौष २३, २०७७ बिहिवार
  • २३:०६:१२ बजे
  • 3.8K
    SHARES
  • अमर मावि बिहुँमा खिमानन्द—हरिकला अक्षयकोषको स्थापना

    बागलुङ : जिल्लाको काठेखोला गाउँपालिका–५ विहुँमा रहेको अमर माध्यमिक विद्यालयमा खिमानन्द–हरिकला अक्षयकोषको स्थापना गरिएको छ ।

     शैक्षिक क्षेत्रमा बागलुङ जिल्लाको धरोहरको रुपमा स्थापित र नमुना विद्यालयको रुपमा विकसित भएको उक्त विद्यालयमा एक लाख ६ हजार बराबरको अक्षयकोषको स्थापन गरिएको हो । 

    स्थानिय खिमानन्द कँडेल र उनकी धर्मपत्नी हरिकला कँडेलको नाममा भरतपुर उपमहानगरपालिका –९ शरदपुर निवासी हाल बैदेशिक रोजगारीको क्रममा जापानमा रहेका छोराद्धय हिमलाल कँडेल र टंक प्रसाद कँडेलद्वारा अक्षयकोषको स्थापना गरेका हुन । 

    अमर माध्यमिक विद्यालयमा हालसम्म १३ जना शिक्षा प्रेमीहरूवाट करिव १४ लाख वरावरको अक्षयकोष स्थापना गरिएको र सो रकमको लगानीवाट प्राप्त हुने व्याज आम्दानीवाट विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक लगायतका तथा सर्वाङ्गिण विकासमा प्रोत्साहन स्वरूप खर्च गरिदै आएको विद्यालयका विद्यालयका सहायक प्रधानाध्यापक रघुपती शर्माले बताए । 

    विद्यालयले अक्षयकोषको स्थापना गर्ने हिमलाल र टंक लगायत सबैमा धन्यवाद ज्ञापन गरेको छ ।  शैक्षिक क्षेत्रमा यसरी सहयोग गर्न देश विदेशवाट पनि प्रस्ताव आउने गरेको तर आफुले विद्यालयको पञ्चवर्षिय नमुना विद्यालय विकास कार्यक्रममा समावेश गरिएका शैक्षिक, भौतिक र व्यवस्थापकीय क्षेत्रमा समेत सहयोगका लागि अनुरोध गर्ने गरेको विद्यालयका प्रधानाध्यापक भिष्म कँडेलले बताए । 

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष  शिवप्रसाद कँडेलले आफ्नो तीन वर्षे कार्यकालमा विद्यालयलाई यो स्थानमा ल्याउन पदाधिकारी शिक्षक, विद्यार्थी, अभिभावक सबैबाट राम्रो सहयोग प्राप्त भएको बताएका थिए ।

    वैदेशिक रोजगारीबाट नेपाल फर्किएको क्रममा टंकप्रसाद कँडेलले विद्यालयमै उपस्थित भइ रकम प्रदान गरेका थिए । 

    विद्यालयको तर्फबाट अबिर र दोसल्ला ओढाइ सम्मान गरिएको थियोे ।

     

    सम्बन्धित समाचार