हत्केलामा भएको कुन रेखाले के भाग्य देखाउँछ ? हेर्नुहाेस्

हत्केलामा भएको कुन रेखाले के भाग्य देखाउँछ ? हेर्नुहाेस्

  • पौष २४, २०७७ शुक्रवार
  • ०७:२८:२७ बजे
  • 7.9K
    SHARES
  • हत्केलामा भएको कुन रेखाले के  भाग्य देखाउँछ ? हेर्नुहाेस्

    नाडीबाट शुरू भएर माथितर्फ जाने रेखालाई भाग्य रेखा भनिन्छ । यो रेखा अनामिकाको मुनि पुगेर सकिन्छ ।

    हस्तरेखामा भाग्य रेखा अत्यन्त महत्वपूर्ण मानिन्छ । यसबाट व्यक्तिको व्यापार, रोजगारीका साथै जीवनका सफलता एवम् असफलताबारे जान्न सकिन्छ ।

    भाग्य रेखा हत्केलामा स्पष्ट देखिने यो रेखा कतै नटुक्रिएको भए उत्तम मानिन्छ । यस्तो रेखाका भएका व्यक्तिको भाग्य अत्यन्त उज्ज्वल हुने मान्यता छ ।

    साथै स्पष्ट एवम् गहिरो भाग्य रेखा भएका व्यक्ति कम परीश्रममा बढि सफलता पाउन सक्षम हुन्छन् । साथै सांसारिक सुखका साथै काममा दोब्बर फाइदा पाउन सक्छन् ।

    हस्त रेखा शास्त्रका अनुसार यदि भाग्य रेखा चोर औलातर्फ मोडिएको भए यस्ता व्यक्ति उच्च पद एवम् प्रतिष्ठा प्राप्त गर्न सफल हुन्छन् ।

    रोजगारीमा ठुलो सफलता हात लाग्नेछ । साथै समाजमा सम्मान समेत प्राप्त हुन्छ । यस्ता भाग्य रेखा भएका व्यक्ति पूजापाठ र आध्यात्ममा रुची राख्ने हुन्छन् ।

    यदी भाग्य रेखा हत्केलामा बुढी औला र चोर औलाको बीचबाट निस्किएको रेखामा ठोक्किएर शनी पर्वतसम्म पुगेको भए व्यक्ति परिश्रमी, मेहनती र योग्यताका आधारमा सफल हुन संभावना रहन्छ ।

    यदी हत्केलामा भाग्य रेखा स्पष्ट हुनुका साथै शनी पर्वतसम्म र जीवन रेखा समेत घुमाउरो भए यस्ता व्यक्तिका साथमा धनको कहिल्यै कमी हुदैँन । यस प्रकारको ऐसी रेखा भएका व्यक्तिले यशपूर्ण जीवन व्यतित गर्दछन् ।

     

  • सम्बन्धित विषय:

  • # हत्केला
  • # भाग्य

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार