म नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेको होइन : दीपक मनाङे

म नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेको होइन : दीपक मनाङे

  • पौष २५, २०७७ शनिवार
  • ०९:२७:०६ बजे
  • 4.0K
    SHARES
  • म नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेको होइन : दीपक मनाङे

     गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजिव गुरूङ (दीपक मनाङे) ले आफू नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश नगरेको बताएका छन्।

    नले आफूले स्वतन्त्र रुपमा जितेको हुँदा बहुमतको सरकार बनाउन त्यतिकै हस्ताक्षर मात्र गरेको विषयलाई नेकपामा प्रवेशनै गरेको भन्नु गलत हुने तर्क गरे।  ‘मैले प्रदेशसभामा गएर एक कप चिया पनि खाएको थिएन,’

    मनाङेले भने, ‘प्रदेशमा बहुमतको सरकार बनाउनुपर्छ भन्ने कुरा आयो र मैले ठिकै छ, विकासको सवालमा सहयोग गर्नुपर्छ भनेर त्यतिकै हस्ताक्षर गरिदिएको हुँ। तर म नेकपामा प्रवेश गरेको होइन।’

    उनले आफूले अपेक्षा गरेअनुसार दलका प्रतिनिधिले विकास नगरेको बताए। ‘मैले विकास भएको खासै देखिनँ, खाली लडाई झगडा र आफ्नो पार्टीको लडाईमै रुमल्लिएको देखेँ,’ मनाङेले भने,

    ‘यसले विकासमा पनि एकदमै समस्या उत्पन्न भयो।’ नेताहरू जहिले पनि कसरी पैंसा कमाउने भनेर लाग्ने हुँदा विकास हुन नसकेको उनको भनाई छ।

    यतिबेला नेकपा पार्टी फूट्ने कुरा तीब्र गतिमा भइरहेको भन्दै जे हुने हो, त्यो चाँडो हुनुपर्ने उनको तर्क थियो। ‘कि मिल्नुपर्‍यो, कि फूट्नु पर्‍यो,’ उनले भने,

    ‘यत्तिकै जाने हो भने त हामीले पाँच वर्षमा के गर्नेरु खालि निदाउँदै बस्नेरु’ नेकपा भित्रको विवादले आफूहरू जस्ता स्वतन्त्र रुपमा जितेका उम्मेद्वावारलाई फाइदा पुग्ने उनको बुझाई छ।

    ‘हामी जस्ता स्वतन्त्र क्यान्डिडेटलाई सबै पार्टी फूटे फाइदा हुने हो,’ उनले भने, ‘नेकपा मात्रै होइन, नेपाली काँग्रेस फुटे पनि हामीलाई नै फाइदा हुने हो।’

    आफूले अहिलेसम्म पनि कुन चाँही नेकपा होरु भनेर बुझि नसकेको उनको भनाई थियो। ‘एउटाले साईन गराउँदै हिँडेको छ र अर्कोले केन्द्रीय सदस्य बनाउँदै हिँडेको छ,’

    मनाङेले थपे, ‘म कुन चाँहीलाई नेकपा भनौंरु आफैं कन्फ्यूज छु।’  उनले आफूहरू बालबालिका स्कूल गएको जस्तै गरि  हाउस गइरहेको तर्क गरे।

    ‘यो बीचमा केही पनि डेभलेपमेन्ट मैले देखेको छैन। हाउस गयो, पन्ध्रसय रूपैंया दिन्छ थाप्ने हो, बस्ने हो,’ उनले भने।  तर, उनले राजनीतिमा केही असल मानिस पनि रहेको र सबैलाई गलत भन्न नहुने बताए।

    उनले नेपालमा समानुपातिको नाममा उच्च दक्षता भएको मान्छेलाई मात्र ल्याउनुपर्ने बताए। ‘पहाडमा पैंसा दिनेहरु र मधेशमा नेताका महिला साथीहरू मात्रै समानुपातिकमा छन्’,

    समानुपातिकमा त हाइली क्वालिफाइड मान्छे ल्याउनुपर्‍यो नि,’ उनले भने। राजनीतिभन्दा आफूले गर्दै आएको समाजसेवा नै ठिक राजनीति भन्दा आफूले पहिलेदेखि

    गर्दै आएको सामाजिक काम धेरै राम्रो भएको उनले जिकिर गरे। उनले राजनीति गरेर कुनै काम नरहेको तर्क गरे। ‘मैले एक्लो मान्छेले चहादैमा नीति निर्माण गर्न पाउने होइन।

    मैले सपोट गरेर जाने हो,’ मनाङेले भने, ‘उनीहरूले बजेट दिए काम गर्ने हो, नदिए हामीले केही गर्न पाउँदैनौं।’ उनले अब आफू धेरै समय राजनीति नगर्ने भन्दै कोही जुनियर युवा खोजिरहेको र उसैलाई आफ्नो ठाउँ दिने सोच बनाएको जानकारी दिए।

    मैले हालसम्म खोजेको जस्तो कुनै पनि युवा सक्रिय रुपमा आएका छैनन्। त्यस्ता  युवा आउनासाथ म राजनीति छोडिदिनेछु’, उनले भने,

    ‘मलाई आफ्नो सामाजिक कामले नै पुग्छ, त्यसका लागि राजनीति गरिरहनु जरूरी छैन। संगठन नेपालभरि छँदैछ टाईमटाईममा घुम्ने हो यसैगरी।

    त्यति भए मलाई पुग्छ।’ उनले अब आफूलाई राजनीति गरेर केही नहुने भन्दै आफ्ना सबै व्यापार विजनेश चौपट भइसकेको बताए।

    ‘मनाङमा आफूभन्दा पहिलेका जनप्रतिनिधिले कुनै विकास निर्माणका काम नगरेको हुँदा जिल्लाको विकास गरेर देखाउने मेरो चुनौति छ’, उनले  भने, ‘ चर मैंले राजनीतिमा लागेर कुनै पनि काम गर्ननै पाएको छैन।’

    मनाङको विकासमा राज्यले हेरेन

    उनले मनाङमा राज्यले पर्यटन पवर्धनमा सघाउनुपर्ने  राय राखे। मनाङको होटेल व्यवसाय राम्रो रहेको भन्दै उनले बाटो निर्माणमा राज्यले ध्यान दिने हो भने मनाङले विकासको फड्को मार्ने उनको तर्क छ।

    मनाङ धार्मिक र पर्यटकीय दृष्टिकोणले नेपालकै चर्चित ठाउँ भएको भन्दैं यतातिर सरकारको ध्यान जान जरूरि रहेको उनले बताए।

    उनले नेपालका एयरपोर्टहरुमा बिदेशी मात्रै देखिने चर्चा गर्दै मनाङ जस्तो पर्यटनको ठूलो सम्भावना भएको जिल्लामा आन्तरिक पर्यटक घुमाउन राज्यले समेत भूमिका खेल्नुपर्ने बताए।

    ‘मनाङ–मुस्ताङ, रोल्पा भनेका वीन्टर टुरिजम हुने क्षेत्र हुन, तर, नेपालीको सोच देख्दा मलाई हाँसो उठ्छ,’ उनले भने ‘हिँउसँग खेल्ने र रमाउने मानिसहरुलाई वीन्टरमै त्यहाँ लैजाने व्यवस्था मिलाउनु पर्छ।

    तर, सरकारले नसिकाएको हुँदा हिउँदमा हिँउ परेपछि सबै होटेल बन्द गरेर काठमाडौं जाने गलत प्रचलन भत्काउन आवश्यक रहेको छ।’

    उनले मनाङमा आफूले आइसक्लाइम्बिङ सम्वन्धि स्पोर्ट ल्याएकोसमेत बताए। आफ्नो प्रयास सफल भइसकेको भन्दै उनले यो वर्षमा कोरोना भाइरसको समस्या नभएको भए विश्वका २० देशले त्यसमा प्रतिपर्धा गर्ने तयारी गरिसकेको दाबी गरे।

    आफूले मनाङ समाजको ५र६ हजार रोपनी जग्गामा स्याउ र ओखर रोप्ने योजना रहेको समेत सुनाए। त्यसबाट आउने आम्दानीले त्यहाँका बालबच्चालाई पढाउने र

    जेष्ठ नागरिकलाई पनि सरकारले दिने मासिक भत्ता भन्दा बढी रकम दिने आफ्नो ठूलो सपना रहेको बताए। म स्पोर्टमा लागेकाले गाँजाको कुलतमा फसिनँ

    आफूलाई पहिलेदेखि नै मार्सल आर्ट र स्पोर्टमा रूचि भएकाले कुलतमा नफसेको दाबी गरे। ‘त्यो जमानामा ठमेलमा सबैले गाँजा खान्थे। फ्रान्सिडल खान्थे ।

    तर, मैले ती केही खाइनँ। किनकि, म खेलकुदमा लागेको थिएँ,’ उनले भने, खेलकुदमा लागेपछि मान्छे, नराम्रो कुरामा लाग्दै नलाग्ने हुँदो रैछ।’

    खेलकुदमा अत्यान्तै लगाव भएकाले आफू दाङमा पनि साना युवाहरुले आयोजना गरेको भलिबल प्रतियोगिता उद्घाटनमा आएको उनको धारणा राखे। सेताेपाटीबाट

  • सम्बन्धित विषय:

  • # दीपक मनाङे
  • # कम्युनिष्ट पार्टी

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार