दिपेन्द्र परियार, बागलुङ : बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने सहितको टोलीले शनिबार बरेङ गाँउपालिकाका वडा
नम्बर ३ को सामुदायीक स्वास्थ्य इकाई स्थापनार्थ निशुल्क उपलब्ध जग्गाको निरिक्षण गरेको छ । ग्रामीण भेगका नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न पालिकाको
वडा नम्बर १ धुल्लुबास्कोटको लुग्रुङ, लिउवा र गडेलमा स्थापना गर्न लागेको स्वास्थ्य ईकाईको भवन निमार्णको लागि उपलब्ध गराईएको जग्गाको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने,
साहयक प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेल, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, मालपोत कार्यलय र नापि कार्यलयका प्रमुख सहितको टोलीले निरिक्षण गरेको हो ।
निरिक्षणको क्रममा प्रमुखजिल्ला अधिकारी न्यौपानेले जग्गादाताले निशुल्क उपलब्ध गराएको जग्गा उपयुक्त स्थानमा रहेको र स्वास्थ्य सस्थाका लागी अतिनै उपयुक्त भएको बताए ।
स्वास्थ्य संस्था जस्तो पवित्र सेवा पु¥याउने सस्थाका लागि निशुल्क जग्गा उपलब्ध गराउने नागरिकको प्रसशं गर्दै गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त हुनेमा ढुक्क हुन प्रमुख जिल्ला अधिकारीको आग्रह छ ।
निरिक्षणको क्रममा बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले नागरिकलाई सहज स्वास्थ्य सेवामा पहुच पु¥याउन लागि परेको बताए ।
उनले सबैभन्दा ठुलो दान जग्गा दान भएको भन्दै स्वास्थ्य संस्था निर्माणका लागि निशुल्क जग्गा उपलब्ध गराउने सबै नागरिकलाई धन्यवाद दिए ।
जिल्ला प्रसाशन कार्यलयका प्रमुखहरुको आवागमनले बरेङको विकास निर्माण र सेवा प्रवाहमा सकारात्मक उर्जा प्रदान गरेको पालिकाका प्रमुख प्रषाशकिय अधिकृत रमेश थापाले बताए ।
त्यस्तै प्रजिअ न्यौपानेले बरेङ बजारको समेत अनुगमन गरेका छन् । अनुगमनको क्रममा केही समय अगाडी निर्माण सम्पनन भएको पिच सडकमामा जथाभावि निर्माण सामग्री राखेको,
पसलमा जथाभावि पेट्रोलियम पदार्थहरु राख्दा जुनसुकै बेला दुर्घटना हुने जोखिम भएको भन्दै तत्काल त्यसको व्यवस्थापन गर्न निर्देशन दिए ।
टोलीले बरेङ गाँउपालिकाको कामकाज तथा सेवा प्रवाहबारे छड्के चेकजाँच गरेको थियो । चेक जाँचको क्रममा पालिकाका अधिकांश कर्मचारी नियमित
उपश्थित देखिए पनि कतिपय कर्मचारीहरुले नियमित हाजिर नगरेको पाइएको थियो । बिदा स्वीकृत नगराई बिदामा बसेको तथा फिल्डमा जाँदा पनि हाजिर नगर्ने गरेको पाईएको छ ।
नियमित कार्यलयमा उपस्थित नहुने र हाजिर नगर्ने कर्मचारीलाई ३ दिन भित्र स्पष्टिकरण सोध्न साहयक प्रमुख जिल्ला अधिकारी उपेन्द्र राज पौडेलले प्रमुख प्रशासकीय अधिकृत थापालाई निर्देशन समेत दिए ।
स्वास्थ्य चौकी निर्माणको लागि निशुल्क रुपमा जग्गा दान गर्ने भूमा पाध्यानी, छिमा देवी पाध्यानी, तेज नारायण शर्मा र नन्द बहादुर थापालाई प्रमुख जिल्ला
अधिकारी न्यौपानेले सम्मान गरेका थिए । निरीक्षण र जग्गा पास भएपछि तत्कालै भवन निर्माण कार्य थालिने अध्यक्ष कृष्ण प्रसाद शर्माले बताए ।