ख्याल गर्नुहाेस् ! बिहानको नास्ता नखाँदा यस्ता समस्या आउन सक्छन्

ख्याल गर्नुहाेस् ! बिहानको नास्ता नखाँदा यस्ता समस्या आउन सक्छन्

  • पौष २६, २०७७ आइतवार
  • ०७:०२:५१ बजे
  • 2.7K
    SHARES
  • ख्याल गर्नुहाेस् ! बिहानको नास्ता नखाँदा यस्ता  समस्या आउन सक्छन्

    एजेन्सी : बिहानको नास्ता दिनभरका लागि सबैभन्दा महत्त्वपूर्ण भोजन हो ।

    स्वस्थकर नास्ताले मानिसको शरीरलाई दिनभर उर्जावान र जाँगरिलो बनाउँछ । बिहानको नास्ताले मानिसमा तनावको स्तर पनि कम गराउँछ । बिहान नास्तामा पोषणयुक्त खानेकुराको सेवन गर्न आवश्यक छ ।

    त्यसैले, दूध, नट्स, दालयुक्त खानेकुरा, फलफूल, अण्डा जस्ता प्रोटिनयुक्त खानेकुरा खाने गर्नुपर्छ । त्यसैले बिहानको नास्ता नगर्दा शरीरका अंगहरुमा विभिन्न प्रकारका समस्या आउन पनि सक्छन् । 

    हृदयरोगको कारण : अध्ययनका अनुसार बिहान स्वस्थकर खानेकुरा नखाँदा हृदयसम्बन्धी रोगहरुको खतरा बढ्न सक्छ । बिहानको नास्ता नखानेहरुमा स्वास्थ्यसम्बन्धी समस्याहरु बढ्न सक्छ ।

    टाइप–२ मधुमेहको उच्च जोखिम : हार्वर्ड युनिभर्सिटी स्कुल अफ पब्लिक हेल्थको एक अध्ययनअनुसार बिहानको नास्ता नगर्नेहरुमा टाइप–२ मधुमेह शरीरमा विकसित भएको थियो ।

    जसले बिहानको नास्ता खान छोडेका थिए उनीहरुमा ५४ प्रतिशत धेरै उक्त मधुमेहको सम्भावना थियो । यो अध्ययनमा ४६, २८९ जना महिलाहरु सहभागि थिए । 

    मोटोपनको कारण : अध्ययनका अनुसार बिहानको नास्ता गर्न छोड्दा तौल बढ्ने सम्भावना झनै अधिक हुन्छ । तौल कम गर्न सन्तुलित रुपमा बिहानको नास्ता गर्न आवश्यक छ ।

    कपाल झर्ने : बिहानको नास्तामा प्रोटिनयुक्त खानेकुरा खाँदा कपाल समेत स्वस्थ रहन्छ । साथै, केराटिनको स्तर पनि बढ्छ ।

    तर बिहान नास्ता नगर्दा केराटिनको स्तर प्रभावित हुने र कपालको वृद्धि रोकिने भएकाले बिहानको नास्ता खान छोड्नुहुँदैन । 

     

  • सम्बन्धित विषय:

  • # बिहानको नास्ता

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार