अस्पतालमा बिरामी कुरुवाको मोबाइल चोरेर ई–बैंकिङबाट दुई लाख लुटियो, दुई जना प्रहरी नियन्त्रणमा

अस्पतालमा बिरामी कुरुवाको मोबाइल चोरेर ई–बैंकिङबाट दुई लाख लुटियो, दुई जना प्रहरी नियन्त्रणमा

  • पौष २७, २०७७ सोमवार
  • ०७:३३:३१ बजे
  • 3.5K
    SHARES
  • अस्पतालमा बिरामी कुरुवाको मोबाइल चोरेर ई–बैंकिङबाट दुई लाख लुटियो, दुई जना प्रहरी नियन्त्रणमा

    काठमाडौं : बानेश्वरको सिभिल अस्पतालमा बिरामी कुरुवाको मोबाइल चोरेर ई–बैंकिङमार्फत लुटपाट भएको छ ।

    गत ९ पुसमा सुशीलकुमार प्याकुरेल श्रीमतीलाई उपचार गराउन गाइनो वार्डमा बसेर राति निदाएका बेला मोबाइल लगेर लुटपाट भएको हो । प्रकरणमा संलग्न दुई जनालाई महानगरीय प्रहरी वृत्त, बानेश्वरले शुक्रबार पक्राउ गरेको छ ।

    बानेश्वरका डीएसपी दक्षबहादुर बस्नेतका अनुसार पक्राउ पर्नेमा सप्तरी घर भइ बानेश्वर बस्ने सुरेन्द्रप्रताप कुशवाह र भिमसेनगोला घर भइ ललितपुरको गोदावरी बस्ने पालसाङ लामा छन् ।

    बस्नेतका अनुसार चोरी अभियोगमा पटकपटक पक्राउ परेर छुटेका कुशवाहले प्याकुरेल निदाएको बेला चार्जमा राखिएको मोबाइल चोरी गरेका थिए ।

    र, मोबाइल खोलेर ई–बैंकिङको पासवर्ड रिसेट गरी दुई लाख ४ हजार रुपैयाँ ९८१७८०९०८८ नम्बरको ई–सेवामा लोड गरेका थिए ।

    ‘जम्मा रकममध्ये एक लाख एनआईसी एसिया बैंकमा रहेको लामाको खातामा ट्रान्सफर गरेको देखिएको छ’, बस्नेतले भने, ‘पेशाले इलेक्ट्रिकल इञ्जिनियर रहेका उनले पनि कुशवाहको चोरी धन्दामा साथ दिने गरेको पाइएको छ ।’

    प्रहरीका अनुसार लामाले चोरीका ल्यापटप लगायतका सामग्रीको पार्टपुर्जा निकालेर बिक्री गर्न सघाउने गरेको पाइएको छ । यसबारे थप अनुसन्धान भइरहेको छ ।

     

    सम्बन्धित समाचार