बागलुङ : जिल्लाको ढोरपाटन नगरपालिका—४ खुङ्गाका वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरीले टोलीले वडाध्यक्ष तिलक पुनलाई ज्यान मार्ने उद्योग अन्तर्गतको मुद्दामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक विजय भण्डारीले बताए ।
बुधबार दिउँसा पक्राउ परेका उनलाई जिप्रका बागलुङ ल्याईदैछ ।
अघिल्लो वर्ष कुटपिटको विषयमा पुन विरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत जिल्ला अदालत बागलुङमा मुद्दा रहेको र त्यसैको शिलशिलामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला अदालत बागलुङले पक्राउ पुर्जी जारी गरेपछि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । गतवर्ष कार्तिक १२ गते राष्ट्रिय जनमोर्चाको दुई पक्षबीच झडप भएको थियो ।
त्यो घटनामा वडाध्यक्ष प्रत्यक्ष संलग्नता रहेको भन्दै राष्ट्रिय जनमोर्चाले पुनलाई कारबाही समेत गरेको थियो ।
उक्त घटनालाई लिएर सात जना विरुद्ध जिल्ला अदालतमा मुद्दा परेको छ ।