स्वास्थ्य

छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सक चार दिन भित्र खटाएको ठाउँमा नगए लगानी असुलिने

छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सक चार दिन भित्र खटाएको ठाउँमा नगए लगानी असुलिने

  • मंसिर २४, २०७७ बुधवार
  • १५:०५:४० बजे
  • 7.2K
    SHARES
  • छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सक चार दिन भित्र खटाएको ठाउँमा नगए लगानी असुलिने

    काठमाडौं : सरकारले छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई आजको दिनदेखि चार दिनभित्रमा खटाइएको अस्पतालमा हाजिर हुन निर्देशन दिएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना जारी गर्दै सरकारी शिक्षण संस्थाबाट चिकित्साशास्त्र अध्ययन गरेका चिकित्सकलाई खटाएको अस्पतालमा हाजिर हुन निर्देशन दिएको हो ।

    मन्त्रालयले छात्रवृत्तिमा एमडी, एमएस र एमडिएस अध्ययन गरेका चिकित्सकलाई कबुलियतनामाबमोजिम खटाएको ठाउँमा जान निर्देशन दिएको हो ।

    मन्त्रालयले सरकारी शिक्षण संस्थामा चिकित्सक छात्रवृत्ति छनोट तथा छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि, २०७२ को दफा ६ (१) को

    प्रावधानअनुसार मन्त्रालयसमक्ष कबुलियतनामा गरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान महाबौद्ध काठमाडौँ, त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अध्ययन संस्थान महाराजगञ्ज क्याम्पस महाराजगञ्ज र

    विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अध्ययन गरेका चिकित्सकलाई कबुलियतनामाअनुसार खटाएको अस्पतालमा जान भनिएको छ ।

    मन्त्रालयले आजको दिनदेखि चार दिनभित्र नजाने चिकित्सकलाई सरकारको तर्फबाट भएको लगानी असुलउपर गर्नेसमेत जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # छात्रवृत्तिमा
  • # चिकित्सक

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार