बागलुङ बजारमा खुल्याे जावा मोटरसाइकलको स्वरुम

बागलुङ बजारमा खुल्याे जावा मोटरसाइकलको स्वरुम

  • माघ २, २०७७ शुक्रवार
  • ०८:२८:२७ बजे
  • 7.8K
    SHARES
  • बागलुङ बजारमा खुल्याे जावा मोटरसाइकलको स्वरुम

    सुवास आचार्य, बागलुङ : बागलुङ बजारमा २१ औ शताब्दीका युवालाई लक्षित गरि जावा मोटरसाइकल विक्री वितरणको लागि स्वरूम संचालनमा ल्याइएको  छ ।  

    अग्नी ग्रुप अन्तर्गतको अग्नी मोटो इन्कले नेपाल भित्रायको जावा ब्राण्डका मोटरसाइकल बागलुङमा निकेश अटोमोवाइल्सले बिक्री सुरु गरेको हो । बागलुङ नगरपालिका ३ शान्तीटोल स्थीत होटल दि राजन आगाडी संचालनमा ल्याइएको स्वरुमको बागलुङ नगरपालिकाका उप प्रमुख सुरेन्द्र खड्काले उद्घाटन गरेका थिए । 

    उपप्रमुख खड्काले जिल्लामा मोटरसाइकल पारखी थुप्रै रहेकोले जावाले मन जित्ने बताए । जावाका मोटरसाइकल बागलुङ प्रबेशसँगै क्लासिक मोटरसाइकलको पारखीहरुलाई नयाँ अप्सन थप भएको बताए । 

    ‘क्लासिक मोटरसाइकल पारखीका लागि जावाका नयाँ मोटरसाइकल पहिलो रोजाइमा पर्ने आफ्नो विश्वास रहेको संचालक निकेश खड्काले बताए । सुरुकै दिनमा २ वटा वुकिङ भएको अन्य धेरैले फोन गरेकोले  बिक्री पनि राम्रो हुने अपेक्ष गरिएको बताए । 

    भारतमा लोकप्रिय बनेको मोटरसाइकल जाभा अन्र्तराष्ट्रिय बजारमा ९१ वर्ष पुरानो मोटरसाइकल ब्रान्ड जावाले नेपालमा नयाँ अप्सनसहितको क्लासिक मोटरसाइकल बिक्री सुरु गरेको छ ।

    जावाका मोटरसाइकल खासगरी क्लासिक, अब्बल इन्जिन क्षमता र आकर्षक डिजाइनका कारण बढी रुचाइको छ । बागलुङमा निकेश अटोमोवाइल्सलले अहिले जावा क्लासिक र जावा ४२  ल्याएको छ ।

    यी मोटरसाइकलले रोयल इन्फिल्डका मोटरसाइकललाई टक्कर दिने ठानिएको छ । धेरै भाइब्रेट नहुने, लामो दूरीसम्म सहजरूपमा राइड गर्न सकिने ९१ वर्ष पुरानो ब्राण्ड भएकाले यसले नयाँ पुस्तालाई पुरानो पुस्ताको भोगचलनको स्पष्ट अनुभूति गराउँने व्यवसायीको भनाई छ ।

    जावा बाइक आकर्षक डिजाइन र अब्बल इन्जिन क्षमताको रहेको  जावा र जावा–४२ दुबै मोडललाई सिंगल र डबल च्यानल एबीएस गरी दुईरदुई भेरियन्टमा ल्याइएको छ । 

    यी दुबै मोटरसाइकलमा २९३ सीसी, सिंगल सिलिन्डर, लिक्वीड कुल्ड इन्जिन दिइएको छ । ‘यसको डीओएचसी इन्जिनले २७ बीएच पावर र २८ एनएम टर्क जेनेरेट गर्छ भने टरसाइकलमा ६ स्पीड गियरबक्स जडान गरिएको छ ।

    जावा बाइक अहिले वजारमा कालो, मरून (कलेजी) र खरानी (ग्रे) रंगमा उपलब्ध छ भने जावा–४२ ब्याटल ग्रीन, निलो (आकाशे), गाढा हरियो, गाढा निलो, रातो र चम्किलो निलो गरी ६ रङमा उपलब्ध रहेको छ । 

    जावा सिंगल च्यानल एबीएसको मूल्य ६ लाख ४८ हजार ५ सय र डबल च्यानल एबीएस भेरियन्टको मूल्य ६ लाख ७६ हजार ५ सय तोकिएको छ । 

    त्यसैगरि जावा ४२ को सिंगल च्यानल एबीएस भेरियन्टको मूल्य ६ लाख २० हजार र डबल च्यानल एबीएस भेरियन्टको मूल्य ६ लाख ४८ हजार रुपैयाँ तोकेर बिक्री सुरु गरेको निकेश अटोमोवाइल्सका संचालक अर्जुन खड्काले बताए ।

    पुराना दिनहरूमा १२० वटा भन्दा बढी राष्ट्रमा क्लासिक, राम्रो इन्जिन क्षमताका साथ एकदमै राम्रो डिजाइनमा जावा मोटरसाइकल विक्री वितरण भइरहेको छ । १९६० को दशकमा यो बाइक भारतीय बजारमा प्रवेश गरेको थियो ।

    यो बाइक निकै सुन्दर र बलियो भएकाले यसले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । उत्कृष्ट लुक्स, पावर पिकअप र विशेषताकै कारण पछिल्लो समय जावाले संसार भर प्रसिद्धि कमान सफल भएको छ । 

     

  • सम्बन्धित विषय:

  • # जावा मोटरसाइकल
  • # स्वरुम संचालन

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार