मुम्बई फर्किइन् अदिती

मुम्बई फर्किइन् अदिती

  • मंसिर २४, २०७७ बुधवार
  • १५:२४:३३ बजे
  • 4.9K
    SHARES
  • मुम्बई फर्किइन् अदिती

    कोरोनाका कारण धेरै कलाकारको करिअर चौपट भएको छ ।

    चलचित्रको छायांकन कहिलेबाट सहज तरिकाले सुचारु हुन्छ भन्ने कुनै टुंगो छैन ।

    कोरोना महामारी अगाडि छायांकन

    सुरु भएर रोकिएका चलचित्रहरुको मात्र यतिबेला छायांकन गरिएको छ । बाँकी चलचित्रको छायांकन सुरु गर्न निर्माताहरु डराइरहेका छन् ।

    यसैले पनि नायिका अदिती वुढाथोकीको मुख्य भूमिका रहने चलचित्र ‘बाबरी क्याफे’को छायांकन सुरु हुन सकेन । निर्देशक सुरेन्द्र पौडेलका अनुसार फागुण अगाडि चलचित्रको छायांकन सुरु गर्ने कुनै योजना निर्माणपक्षको छैन ।

    चलचित्रको छायांकन सुरु नभएपछि नायिका अदिती वुढाथोकी मुम्बई फर्किएकी छिन् । मुम्बइमा रहेर उनले मोडलिङ गर्दै आएकी छिन् ।

    अदितीले ८ महिनापछि आफू आफ्नो दोश्रो घर फर्किन लागेको बताएकी छिन् । अदितीले मुम्बइलाई आफ्नो ‘दोश्रो घर’ भन्ने गर्छिन् । चलचित्रमा अदितीसँग गायक नितेश जंग कुँवरको मुख्य भूमिका रहनेछ ।चलचित्र ‘कृ’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी यी सुन्दरी दोश्रो चलचित्रमार्फत दर्शकमाझ आउन उत्साहित छिन् ।

    तर, कोरोनाका कारण उनको काम सुरु हुन सकेन ।

  • सम्बन्धित विषय:

  • # मुम्बई
  • # अदिती

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार