सुपर कपको उपाधिका लागि बार्सिलोना र बिल्बाओ भिड्ने

सुपर कपको उपाधिका लागि बार्सिलोना र बिल्बाओ भिड्ने

  • माघ २, २०७७ शुक्रवार
  • १०:५५:२४ बजे
  • 5.0K
    SHARES
  • सुपर कपको उपाधिका लागि बार्सिलोना र बिल्बाओ भिड्ने

    एथ्लेटिक बिल्बाओ स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ।

    बिहीबार राति भएको दोस्रो सेमिफाइनलमा बिल्बाओले रियल म्याड्रिडलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो।

    बिल्बाओले रियलमाथि २—१ गोलको जित निकाल्यो। 

    बिल्बाओको जितमा दुवै गोल राउल गार्सियाले गरे। उनले खेलको १८ मिनेटमा पहिलो गोल गरेका थिए। 

    खेलको ३८ मिनेटमा बिल्बाओले पेनाल्टी पायो। लुकास भाज्क्युले बिल्बाओका इनिगो मार्टिनेजलाई लडाएपछि पेनाल्टी दिने निर्णय गरिएको थियो। 

    पेनाल्टीमा गार्सियाले गोल गर्दै बिल्बाओलाई २—० ले अघि बढाए। 

    ७३ मिनेटमा करिम बेन्जिमाले फर्काउँदै रियललाई खेलमा फर्काउने कोशिस गरे। 

    अब उपाधिका लागि बिल्बाओ र बार्सिलोनाबीच प्रतिस्पर्धा हुनेछ।

    फाइनल आगामी आइतबार हुनेछ।

    सम्बन्धित समाचार