बागलुङ : गायक अञ्जान कार्की र एन्जल खनालको लोक गीत जुनीजुनीलाई सार्वजनिक भएको छ । यो गीत सुनिता बुढा क्षेत्री र अन्जान कार्कीको आवाजमा बजारमा आएको छ ।
अञ्जान कार्कीको लय तथ शब्दमा रहेको जुनीजुनीलाई गीतलाई सागर बिरहीले एरेञ्ज गरेका छन । गीतको भिडियोमा अञ्जली अधिकारी, एन्जल खनाल र प्रकाश गौतमको अभिनय रहेको छ ।
गीतको म्युजिक भिडियोलाई कपिल लामाले निर्देशन गरेका हुन् । शुभारम्भ डिजिटल म्युजिकको युटुवबाट सार्वजनिक गीत अहिले ट्रेन्डिङमा छ ।