राजनीतिक तरंग

बुर्तिबाङको नेकपा राजनीतिमा अर्को तरंग

बुर्तिबाङको नेकपा राजनीतिमा अर्को तरंग

  • माघ ३, २०७७ शनिवार
  • १९:२९:०६ बजे
  • 35.6K
    SHARES
  • बुर्तिबाङको नेकपा राजनीतिमा अर्को तरंग

    बागलुङ : तत्कालिन नेकपा माओवादी केन्द्र र नेकपा एमाले विघटन भएर बनेको झण्डै दुई तिहाइको नेकपा सरकार, आफ्नै अन्तरकलहले पुरा पाँच वर्षे जुनी पनि बाँच्न सकेन ।

    अन्ततः पार्टिभित्रको अविश्वास, कलहले नेकपाबाटै संवैधानिक विग्रह जन्मायो । बहुमतको सरकार सञ्चालन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले, आफ्नो पद धरापमा पर्ने देखेर संसद विघटन गरे ।

    संसद विघटन गरेर नयाँ जनादेश सहितको बहुमतको सरकार बनाउने भाषा संसद तोड्ने ओलीको तर्फबाट सुन्नमा पाइृन्छ भने,

    ओलीको यो कदम असंवैधानिक संवैधानिक ‘कु’ भएको प्रचण्ड-नेपाल पक्षमा विभाजित भएको अर्काथरी नेकपा नेताहरुको बोली छ ।

    केन्द्रबाटै दुई समुहमा विभाजन भएको नेकपा कस्को भन्ने निर्वाचन आयोगले टुँगो नलगाईसकेको विषय छ । त्यसमा पनि संसद विघटन संविधान विपरित भएको भन्दै १३ वटा मुद्धा सर्वोच्चको टेवुलमा बशहका क्रममा छन् ।

    दुई खेमा भएको नेकपामा कस्को पोल्टामा पार्टि र सुर्य चिन्ह जान्छ भनेर तटस्थ बसेका भनेका नेताहरु विस्तारै खुल्दै गएको देखिन्छ । यसको असर बुर्तिबाङमा पनि परेको छ ।

    दुईथरी पार्टिका भेलामा देखिएका नेताहरु प्रष्ट देखिइरहेको बेला कसैको पक्षमा नलाग्ने भनेका बुर्तिबाङका केही नेताहरु भने, यतिवेला काठमाण्डौमा

    प्रधानमन्त्री ओली र प्रदेश सरकारका मुख्य मन्त्री पृथ्वी सुव्वा गुरुङ सहतिको फोटो सामाजिक सञ्जालमा पोष्ट भएपछि, यहाँको राजनैतिक तरंग गरमाएको छ ।

    राजनीतिमा असम्भव र दीर्घकालिन दुष्ट कोही हुँदैनन् । कुनैवेला टाउकोको मोल तोक्ने र ताकाई माग्नेहरु एक भएर सरकार चल्ने नेपालमा, तटस्थताको विचार

    भेला राख्ने समुहका देवकुमार नेपाली, ऋतुवर्ण पौडेल, टंकप्रसाद शर्मा साथमा स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट वडा अध्यक्ष जितेका चित्रबहादुर

    भण्डारी सहितका कार्यकर्ता ओलीको कार्यकक्षमा फोटो शेसन गरेर सामाजिक सञ्जालमा पोष्ट भएपछि, यहाँ तर्क वितर्क सुरु भएको नेकपाका नेताहरु बताउँछन् ।

    मसालबाट माओवादी केन्द्रमा पुगेका तुल्सीराम अर्याल, ददीराम अर्याल जो यहाँ भएको उपनिर्वाचनमा नेकपाद्धारा कार्वाहीमा परेका नेता थिए ।

    अहिले ओली भेट्न गएका नेताहरु र उनीहरुबीच बीचको समयमा पानी वारावारको अवस्था आएकोमा एकाएक पार्टि दुई समुहमा विभाजित भएपछि मिलन गाँठो समेत कसिएको उनकै कार्यकर्ताहरुले बोल्न थालेका छन् ।

    सामाजिक सञ्जालमा पोष्ट भएका तस्वीरमुनी कमेन्टहरु त्यस्तै छन् । हामीलाई केन्द्रका नेताको गुलामी गर्नुछैन भनेर भाषण गरेको हप्तादिन वितेको छैन, पदलोलुपता देखियो, अवस्था यस्तै आउँछ भनेर हामीले त्यो भेलामा

    नजान भनेका थियौं, एक नेताले भने, यो स्वार्थको खेल हो । हुनत राजनीति स्वार्थकै खेल नभइदिएको भए पार्टि दुई समुहमा हुनुनपर्ने हो, त्यो भइसक्यो ।

    माओवादी केन्द्रका नेता मानिएका बादल समुहबाट ओली पक्षको केन्द्रिय सदस्यमा तुल्सीराम अर्याल खुलेपछि, छटपटिएका तटस्थवादीहरु, अहिले केन्दमै पुगेर

    हजुरयाई गरिरहेको आरोप प्रचण्ड-नेपाल पक्षका कार्यकर्ताले लगाएका छन् । ढोरपाटनमा स्थानीय सरकारको गतिविधिबाट रुष्ट बनेका नेकपा निकट केही नेताहरु यतिवेला आफ्नै पार्टि, नेता, कार्यकर्ता र समुहको खुलेर

    आलोचना गरेको, विरोध गरेको, यस्तो र उस्तो भन्ने गरेको रमाइलो बुर्तिबाङका चोकचोकमा सुन्नपाईन्छ ।
    सामाजिक सञ्जालमा आएको उक्त भेटघाटको

    फोटोपछि, अन्य पर्टिभन्दा पनि नेकपाकै कार्यकर्ताहरु त्यसको विषयमा तथानाम बोल्ने गरेको भेटिन्छ । जस्ले बुर्तिबाङमा नेकपा वृत्तको राजनैतिक तरंग तातेको छ ।ढाेरपाटन पाेस्टबाट

  • सम्बन्धित विषय:

  • # नेकपा

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार