राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान शाही सम्मानित

राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान शाही सम्मानित

  • माघ ४, २०७७ आइतवार
  • ०७:१५:४१ बजे
  • 4.6K
    SHARES
  • राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान शाही सम्मानित

    कास्की : नेपाली राष्ट्रिय महिला भलिबल टोलीका कप्तान अरुणा शाही पोखरामा सम्मानित भएकी छिन ।

    नेपाल खेलकूद पत्रकार मञ्चद्वारा गत २८ गते सम्पन्न ‘एनएसजेएफ स्पोर्टस अवार्ड’मा ‘पिपल्स च्वाइस विधा’मा विजयी भएकी उनलाई गण्डकी प्रदेश सरकारले प्रोत्साहन स्वरुप नगद रु एक लाखसहित सम्मान गरेको हो ।

    पश्मिाञ्चल क्षेत्रीय भलिबल सङ्घले पोखरा रङ्गशालामा आयोजना गरेको सम्मान कार्यक्रममा सामाजिक विकासमन्त्री नरदेवी पुनले सो रकम प्रदान गरे ।

    अवार्ड विजेता तथा नेपाली महिला भलिबल टोलीलाई वर्ष २०७६ को उत्कृष्ट टोली बनाउन सफल भएकामा उनलाई सो सम्मान अर्पण गरिएको हो ।

    कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद् (राखेप) सदस्य राजेशकुमार गुरुङले व्यक्तिगतरुपमा अरुणालाई नगद रु ११ हजार सहयोग गरे ।

    सो अवसरमा मन्त्री पुनले प्रदेश सरकार खेलकूद विकासका लागि प्रतिवद्ध भएको बताउँदै आर्थिक क्षमताले भ्याएसम्म विकासको कार्यलाई अघि बढाएको बताए ।

    नवौं राष्ट्रिय खेलकूद प्रतियोगिताको तयारीका लागि पोखरा रङ्गशालाको संरक्षण गर्न मन्त्रालयले सक्दो सहयोग गर्ने बताउँदै मन्त्री पुनले नवौं खेलकूदको तयारीका लागि जुट्न आग्रह गरे ।

    यसैबीच पोखरामा सञ्चालन भएको ‘अरुणा शाही जिताउ अभियान’को बचत रकम कप्तान अरुणालाई हस्तान्तरण गरिएको छ । अभियानबाट बचत रकम रु तीन लाख ७३ हजार ७०५ हस्तान्तरण गरिएको हो ।

    सङ्कलित रकमको आय–व्यय प्रस्तुत गर्दै नेपाल भलिबल सङ्घका सल्लाहकार नारायण प्रसाद शर्माले कूल १६ लाख ७३ हजार ७०५ सङ्कलन भएकामा भोटिङ, भलिबल खेल व्यवस्थापनलगायतमा रु १३ लाख खर्च जानकारी दिए ।

    सम्बन्धित समाचार