मध्यावधि निर्वाचनका लागि १ लाख म्यादी प्रहरीको भर्ना खोलिँदै

मध्यावधि निर्वाचनका लागि १ लाख म्यादी प्रहरीको भर्ना खोलिँदै

  • माघ ६, २०७७ मंगलवार
  • ०७:२७:४८ बजे
  • 2.2K
    SHARES
  • मध्यावधि निर्वाचनका लागि १ लाख म्यादी प्रहरीको भर्ना खोलिँदै
    फाइल तस्बिर

    काठमाडौं : प्रतिनिधिसभा विघटनपछि घोषित मध्यावधि निर्वाचनका लागि नेपाल प्रहरीले म्यादी प्रहरीमा भर्ना खोल्ने तयारी गरेको छ ।

    सरकारले आगामी १७ र २७ वैशाखका लागि निर्वाचनको मिति तय गरिसकेको अवस्थामा प्रहरीले करिब १ लाखको संख्यामा नबढ्ने गरी म्यादी प्रहरीका लागि भर्ना खोल्ने तयारी गरेको हो ।

    त्यसका लागि प्रहरीले बजेटको मागसहितको सुरक्षा योजनाको प्रारम्भिक खाका बनाइसकेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार मतदान केन्द्र र मतदान

    स्थलको सुरक्षाका लागि आवश्यक पर्ने म्यादी प्रहरीको आवश्यक संख्या र त्यसका लागि आवश्यक पर्ने बजेटको व्यवस्थापनसहित सुरक्षा योजनालगायतका प्राविधिक विषयमा खाका बनाएको हो ।

    सो विषयमा प्रहरी प्रधान कार्यालयले अर्थ मन्त्रालय र निर्वाचन आयोगसँग समेत आवश्यक समन्वयको काम गरिरहेको छ । खाका अनुसार आगामी निर्वाचनका लागि १ लाखको संख्यामा नबढ्ने गरी म्यादी प्रहरीमा भर्ना

    आह्वान गर्ने तयारी भएको हो । यसअघि २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेपाल प्रहरीले ९८ हजार २ सय ६८ जना म्यादी प्रहरी भर्ना गरिएको थियो ।  

  • सम्बन्धित विषय:

  • # म्यादी प्रहरी

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार