१६ वर्षीय किशोरी आफन्तबाटै बलात्कृत

१६ वर्षीय किशोरी आफन्तबाटै बलात्कृत

  • माघ ६, २०७७ मंगलवार
  • १७:५४:१६ बजे
  • 3.3K
    SHARES
  • १६ वर्षीय किशोरी आफन्तबाटै बलात्कृत

    प्रतीकात्मक तस्वीर

    कैलाली : बैतडीमा १६ वर्षीया किशोरी आफन्तबाटै बलात्कारमा परेकी छिन् ।

    जिल्लाको सिगास गाउँपालिकामा १६ वर्षीया किशोरी काका र हजुरबुबा नाता पर्नेबाट बलात्कृत भएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारीले दुई जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको बताए ।


    ‘किशोरीको परिवारले दिएको उजुरीको आधारमा दुईजनालाई नियन्त्रणमा लिएका छौँ,’ डिएसपी अधिकारीले भने, ‘अहिले घटनाबारे थप अनुसन्धान भइरहेको छ । ’

    उनले दुवै जनालाई म्याद थप गरेर अनुसन्धान गरिरहेको बताए ।

    घटना केही समय अघिको भएको प्रहरीले जनाएको छ । ‘किशोरीको गर्भ रहेको खुलेपछि उनी बलात्कारमा परेको आफन्तले थाहा पाएका हुन्’ अधिकारीले भने ।

    किशोरीको स्वास्थ्य चेक गर्दा १२ हप्ताको गर्भ रहेको खुलेको प्रहरीले जनाएको छ । अनलाईनखबरबाट 

  • सम्बन्धित विषय:

  • # बलात्कृत
  • # किशोरी

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार