बरेङमा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बन्दै

बरेङमा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बन्दै

  • माघ ८, २०७७ बिहिवार
  • ०७:५४:०८ बजे
  • 5.0K
    SHARES
  • बरेङमा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बन्दै

    दिपेन्द्र परियार, बरेङ : बरेङ गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत मर्मत संभारका काम सुरु भएको छ । गाउँमै स्वरोजगार भइपछि युवायुवतिहरु खुसी भएका छन् । उनीहरुको आकर्षण पनि उत्तिकै देखिएको छ ।

    स्थानीय तहमा सूचिकृत बेरोजगारलाई न्यूनतम रोजगारी सुनिश्चित गर्न एवं सामुदायिक पूर्वाधारहरुको विकास मार्फत नागरिकको जीवनयापनमा सुधार ल्याउन यस कार्यक्रमले सहयोग पुगेको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए । 

    निम्न आय भएका, दैनिकी चलाउन धौधौ भएका घर परिवारलाई यस कार्यक्रमले अत्यन्तै लाभ दिएको अध्यक्ष शर्माको भनाई छ ।

    पालिकाभित्र अहिले एक सय बेरोजगारहरुले प्रति व्यक्ति सय दिन रोजगार पाउने गरि ३० दिन काम गरि सकेका छन् । 

    उनीहरुले सिंचाई कुलो, गोरेटोबाटो, मोटरबाटो ग्याभिङ तथा नाली निर्माण, खेलकुद मैदान, विद्यालय कम्पाउन्ड निर्माण, सार्वजनिक शौचालय, चौतारो निर्माण, खानेपानी, पोखरी मर्मत गर्ने कामहरु गरि राखेको रोजगार सेवा केन्द्र प्रमुख केशवराज क्षेत्री बताए । 

    पालिका भरका १ हजार ३ सय ५४ सूचिकृत बेरोजगार मध्ये पहिलो चरणमा १०० जनाले काम गरिराखेका छन् भने अब दोस्रो चरणमा २०० बढीले रोजगार पाउने बताइएको छ । 

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलाय मार्फत श्रमिकको लागि सामुहिक दुर्घटना बीमाको समेत व्यवस्था गरिदिएको छ । 

    असार मसान्तसम्मको समयावधि रहने गरि सुचिकृत भएका र काममा खटाइएका श्रमिकको लागि कार्यस्थल दुर्घटना बीमाको व्यवस्था गरेको छ । 

    पौष १ गतेबाट लागू हुने गरि राष्ट्रिय बीमा कम्पनी लिमिटेडसँग श्रम तथा रोजगार मन्त्रालयले सम्झौता गरि बीमा शुल्क बापतको सम्पूर्ण रकम मन्त्रालयले नै व्यहोर्ने भएको छ ।

    सात लाखसम्मको मृतक दुर्घटना बीमा, दुर्घटनाजन्य कारणबाट उत्पन्न अपाङगता तथा असक्तता र औषधी उपचार बीमा समेतलाई समावेश गरिएको रोजगार सेवा केन्द्र प्रमुख क्षेत्रीले जानकारी दिए ।

    ‘नेपाल सरकारले तोकिएको दररेट दैनिक ५ सय १७ मा काम हुँदैन कि भन्ने थियो तर गत वर्ष भन्दा झन बढी काम भएको छ’ सेवा केन्द्रका प्राविधिक सहायक कमल आचार्यले भने । 

    पालिकाको ५ वटा वडाका १६ योजना छनोट भएको र अनुगमन गर्दा प्रत्येक योजनामा पुरुषभन्दा बढी महिलाको संख्या रहेको आचार्यले बताए ।

    कोभिड १९ का कारण बेरोजगार भै घरमै बस्नुपरेको अवस्थामा गाउँमै काम गर्न पाउँदा श्रमिकहरु हर्षित छन् । 
    निर्माण सामग्री नपाइने र ज्यालाका लागि मात्र

    भनेर पहिलो चरणमा बरेङ गाउँपालिकालाई ५१ लाख ७० हजार र दोस्रो चरणमा करिब १ करोड २० लाख सर्शत अनुदान रकम निकासा भएको छ । 

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री रोजगार
  • # युवाहरुको आकर्षण

  • दिपेन्द्र परियार

    उहाँ बागलुङ पोस्टको संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार