दामोदर पौडेल बागलुङ : बिहुँको अमर माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन भएको छ ।
बागलुङ जिल्लाको नमुना विद्यालयको रुपमा सुचीकृत बागलुङ जिल्ला काठेखोला गाउँ पालिका—५ बिहुँकोट पोखरामा अवस्थित अमर माध्यमिक विद्यालयमा शिवप्रसाद कँडेलको
अध्यक्षतामा आगामी ३ वर्षका लागि विद्यालय व्यवस्थापन समितिको गठन गरिएको हो ।विद्यालय व्यवस्थापन समितिको बैठकले कँडेललाई अध्यक्षमा चयन गरेको हो ।
विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार पौष २७ गते आयोजना गरिएको अभिभावक भेलाबाट चार जना चन्द्रदत्त कँडेल, हरिप्रसाद कँडेल, राधिका कँडेल र गिता वि क, वडा
प्रतिनिधि शिवप्रसाद कँडेल, वि.व्य.स. बाट मनोनित खगराज कँडेल र ओम कुमारी पुन, शिक्षक प्रतिनिधि रघुपति शर्मा, सदस्य सचिव विद्यालयका
प्रधानाध्यापक भिष्म कँडेल सहित ९ सदस्यीय समितिको पूर्ण वैठकले अध्यक्षमा कँडेललाई चयन गरेको हो ।