साधारण सदस्य समेत नरहने गरी ओलीलाई कारबाही गर्ने नेपालको घोषणा

साधारण सदस्य समेत नरहने गरी ओलीलाई कारबाही गर्ने नेपालको घोषणा

  • माघ ८, २०७७ बिहिवार
  • १६:५८:२५ बजे
  • 3.3K
    SHARES
  • साधारण सदस्य समेत नरहने गरी ओलीलाई कारबाही गर्ने नेपालको घोषणा
    माधव नेपाल

    सुर्खेत : नेकपा प्रचण्ड–माधव समूहका

    अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीलाई साधारण सदस्य समेत नरहने गरी हटाउने घोषणा गरेका छन् ।

    बिहीबार कर्णाली प्रदेशको

    राजधानी वीरेन्द्रनगरमा आयोजित बृहत बिरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीलाई साधारण सदस्य समेत नरहने गरी निकाल्ने घोषणा गरेका हुन् ।

    ‘केपी ओली २०७१ देखि पूर्वएमालेमा पनि घाँडै थिए, पार्टी एकिकरण पछि पनि घाँडै भए,’

    नेपालले भने, ‘आजदेखि उनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको घोषणा यहीँबाट गर्छौं ।’

    उनले थपे, ‘तीनदिन अगाडी बालुवाटारमा चिटी पठाएर स्पष्टिकरण मागेका थियौं, ओलीले जवाफ दिने आँट गरेनन्, आजै चिठी लेखेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को साधारण सदस्य

    समेत नरहने गरी केपी ओलीलाई निस्कासन गर्दैछौं ।’

  • सम्बन्धित विषय:

  • # ओलीलाई कारबाही

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार