पालामा नेपाल भूतपूर्व सैनिक संघ गठन

पालामा नेपाल भूतपूर्व सैनिक संघ गठन

  • माघ ८, २०७७ बिहिवार
  • १९:१४:४३ बजे
  • 5.1K
    SHARES
  • पालामा नेपाल भूतपूर्व सैनिक संघ गठन

    बागलुङ : जिल्लाको काठेखोला गाउँपालिका—१ पालामा नेपाल भूतपूर्व सैनिक संघ गठन भएको छ । नेपाली काँग्रेसको केन्द्रीय कार्यक्रम अनुसार

    संसद विघटन विरुद्ध बिहीबार वडा वडा आयोजना गरेको विरोध सभा अन्तर्गतको कार्यक्रमकै अवसरमा भूतपूर्व सैनिक संघ गठन गरिएको हो । कार्यक्रममा बोल्ने वक्ताले प्रधानमन्त्री ओली संविधानलाई नै निस्क्रीय पार्नेगरी

    संसद विघटन गरेको आरोप लगाए । अहिलेको परिवर्तन ल्याउन कुनै योगदान नगरेका प्रधानमन्त्रीले व्यवस्था नै विघटन गर्ने सुरुवात स्वरुप संसद विघटन गरेको उनीहरुको भनाई थियो ।   

    उक्त अवसरमा हेनरी नायव सुवेदार मानबहादुुर रानाको सभापतित्वमा नेपाल भूतपूर्व सैनिक संघ वडा समिति गठन गरिएको छ ।  

    समितिको उपसभापतिमा हेनरी नायव सुवेदार थमबहादुर थापा, सचिव नायव सुवेदार हरि बहादुर रोका, सह—सचिव चन्द्रकली रोका , कोषाध्यक्ष दानबहादुर खड्का र सदस्यहरुमा नायक धन बहादुर थापा, नायक

    ज्ञानबहादुर थापा, पवित्रा थापा, जुद्ध बहादुर खत्री, हवल्दार टीका थापा, नायक घनश्याम रोका, हवल्दार गोविन्द थापा, हवल्दार हिरा राना, नायक

    भीमबहादुर थापा, हवल्दार जयबहादुर थापा र हवल्दार छविलाल रोका  सहितको १७ सदस्यीय समिति गठन गरिएको छ ।

    नव गठित सैनिक संघ का सभापति मान बहादुर रानाले संघलाई सेवा निवृत्त सैनिकहरुको हकहित र संरक्षणमा कतिवद्धसंगै लोकतन्त्रको रक्षा गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

    नव गठित समितिलाई बधाई दिँदै लोकतन्त्र समाजवादको संरक्षणमा भूपूहरुको योगदान हिजो जति थियो आज पनि समाज सुधारमा सेवा निवृत्त भूपूहरुको उतिकै रहने वडा अध्यक्ष खडक थापाले बताए ।  

    लोकतन्त्र र संविधानको हत्यारा नेकपा केपी ओली सरकारको खुलेर विरोध गर्न अनुरोध आग्रह गरे । कार्यक्रममा स्वागत सचिव रन बहादुर थापा र सन्चालन सचिव गणेश नेपालीले गरेका थिए । 

  • सम्बन्धित विषय:

  • # नेपाल भूतपूर्व सैनिक

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार