बागलुङ : बागलुङमा प्रतिबिन्धित नेत्रविक्रम चन्द विप्लव नेत्रृत्वको नेकपा दुई जना नेता पक्राउ परेका छन् । प्रहरीले नेता विकिरण र बावुलाल शाक्यलाई पक्राउ गरेको हो ।
बागलुङ नगरपालिका वडा नम्वर ७ का पूर्णप्रसाद निउरेको घरमा रहेको भन्ने सूचनाकोआधारमा जिल्ला प्रहरी कार्यलय बागलुङका प्रहरी निरीक्षक विजय भण्डारीको नेतृत्वमाको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका विकिरणको साथ बाट ४ वटा मोवाइल र चन्दा उठाउने रसिद तथा शाक्यको साथबाट २ वटा मोवाइल समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विजय भण्डारीले बताए ।
प्रहरीले उनीहरुलाई यस अगाडी पनि पक्राउ गरेको थियो । उनीहरुलाइ थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यलयमा राखिएको छ ।