विनोद बिश्वकर्मा बुर्तिबाङ : ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले व्यक्तिगत खरिद गरेको एम्बुलेन्स ढोरपाटन नगरपालिकालाई हस्तान्तरण गरेका छन् ।
एम्बुलेन्स हस्तान्तरण गर्दै नगर प्रमुख नेपालीले आफुले कुनै व्याक्तिगत स्वार्थका लागि नभएर पश्चिम क्षेत्रका नागरिकले एम्बुलेस नपाएर भग्नु परेको दुःखको अन्त्यको लागि लिएको बताए ।
नेपालीले एम्बुलेन्स नहुँदा यहाँका हजाराैँ जनताले दुख पाउनु परेकाे भन्दै अब त्याे समस्या भाेग्नु नपर्ने भन्दै अब सहज रूपमा अस्पतालसम्म पुग्न टेवा पुग्ने बताए ।
एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापनका लागि ढोरपाटन नगरकार्यपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम भट्टराईको अध्यक्षतामा ईलाका
प्रशासन कार्यलयका प्रमुख नवराज भण्डारी ,बुर्तिबाङ प्रथामिक स्वाथ्य केन्द्रका प्रमुख डा. मिलन मल्ल ,ईलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रम्ख प्रकाशसिंह भण्डारी, ढोरपाटन नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष
चित्रबहादुर भण्डारी, ढोरपाटन नगरकार्यपालिकाका लेखा प्रमुख शिव प्रशाद शर्मा, बुर्तिबाङ राईजिङ युवा क्लवका मनकुमारी गैरे ,
रेडियो परिर्वतनका स्टेशन म्यानेजर रामनाराण सुवेदी सदस्य र ढोरपाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख घनश्यम शर्मा सचिव रहेको ९ सदस्य समिति गठन गरेको छ ।
समितिले एम्बुलेस्नको भडारकम तोकेको छ । पाल्पा मिसन अस्पतालका लागि ६ हजार, पाल्पा प्रवास लुम्विनी मेडिकल कलेजका लगि ६ हजार ५ सय,
बुटवल ७ हजार ५ सय, नाराणगढ भरतपुर ११ हजार, बागलुङको लागि ४ हजार पोखराको लगि ६ हजार र काठमाण्डौको लागि १५ हजार तोकिएको
एम्बुलेस सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्ष तथा ढोरपाटन नगरकार्यपालिका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम भट्टराईले जानकारी दिए ।