बागलुङ : नेपाली कांग्रेस बागलुङका क्षेत्रीय सचिव बिकास पौडेलको असमायिक निधन भएको १२ औं दिनको पुण्य तिथिमा नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. १ ले शोकसभा सम्पन्न गरेको छ ।
जिल्लाको जैमिनी नगरपालिका वडा न– ७ जैदी स्थित स्व. पौडेलकै निवासमा भएको शोक सभामा नेपाली काँग्रेसका केन्द्रीय सदस्य युवा नेता प्रदिप पौडेलले स्व.पौडेलको निधनले नेपाली कांग्रेसमा अपुरणीय क्षती भएको बताए ।
उनले काँग्रेसले हरेक आन्दोलनमा महत्वपूर्ण नक्षत्र गुमेको बताए । ‘काँग्रेसले कल्पना गरेको सदस्य विकास जस्तै हुनुपर्छ ।काँग्रेसका लागि विकास एउटा अभियानको सहयात्री हुन, पौडेलले भने,
‘समाजका लागि उनले चालेका अभियान र उनले देखका सपना काँग्रेस पार्टी र हामी सहयात्रीले पुरा गर्नेछौं । त्यसका लागि सवैले हातेमालो गरौं ।’ उनले आफ्नो सहयात्री र काँग्रेसलाई समृद्ध बनाउन धेरै मलजल गरेको व्यक्तिलाई गुमाउनुपर्दाको पिडा असहैय भएको बताए ।
पौडेलले स्व. विकास पौडेलका आमा बाबु र परिवारलाई समवेदना प्रकट गर्दै अब शोकलाई शक्तीमा बदलेर स्वर्गिय आत्मालाई शान्तिको कामना गर्नुको विकल्प नरहने बताए ।
पौडेलले स्व. विकास पौडेललाई पछिल्लो पुस्तालाई चिनाउनका निम्ती उनको नाममा कुनै काम गर्नुपर्ने बताए ।गत पुस २८ गते पौडेलको असामयिक निधन भएको थियो ।
शनिवार आयोजित शोकसभामा बोल्ने सबै वक्ताले स्वर्गिय पौडेलको व्यक्तित्वको चर्चा गरेका थिए । नेपाली कांग्रेस बागलुङ क्षेत्र नं. १ का सभापति चिरिन्जिवि गौतमको अध्यक्षता, सहसचिव गोबिन्दबहादुर पौडेल गोपालको संचालनमा सम्पन्न कार्यक्रममा काँग्रेस महाधिवेसन प्रतिनिधि तथा नेपाल विद्यार्थीका निवर्तमान सह–
महामन्त्री हरिहर शर्माले स्वर्थिय पौडेलको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेसका पार्टी सभापति दिपेन्द्रबहादुर थापा, पर्व पार्टी सभापति एवं संविधानसभा सदस्य प्रकाश शर्मा पौडेल, पार्टी सचिव
नवराज पौडेल, सहसचिव सिताराम रसाइली, महासमिति सदस्य जगदिशचन्द्र उपाध्याय, भीम श्रीष, महाधिवेसन प्रतिनिधि डिल्लीराम सुवेदी, पार्वती आचार्य, क्षेत्र नं. १ को (ख) का सभापति नारायण शर्मा पौडेल, बागलुङ नगर
सभापति महेन्द्र आचार्य, जैमिनी नगर सभापति काशीराम आचार्य, प्रजातन्त्रबादी प्राध्यापक संघका अध्यक्ष धु्रबराज गौतम र पर्वत जिल्ला कार्यसमितिका सदस्य गोबिन्द पराजुली लगायतले बोलेका थिए ।
माता मोतिकला पौडेल र पिता नवराज उपाध्यायका जेष्ठ सुपुत्रको रुपमा २०३९ सालमा जन्मिएका पौडेलका एक दिदि र एक भाई र श्रीमती एक छोरा एक छोरी छन ।
आफ्नो गाऊँमा रहेको सरस्वती प्राविबाट शिक्षा आरम्भ गरेका पौडेलले कक्षा ५ सम्मको शिक्षा सोही विद्यालयमै पुरा गरेका थिए भने, माध्यामिक तहको शिक्षा संस्कृत मावि बेलबगरबाट पुरा गरेका थिए ।
पौडेललाई शिक्षाका लागी राम्रो बाताबरण घर देखि नै थियो । उतिबेला गाउँमा उच्च शिक्षाका लागि क्याम्पसहरु नभएका कारण पौडेलले पर्वतको फलेवासमा रहेको पर्वत बहुमुखी क्याम्पसबाट प्रविणता प्रमाणपत्र तहको
अध्ययन गरे भने स्नातक तहको अध्ययनका लागि बागलुङ सदरमुकाममा रहेको धौलागिरी बहुमुखी क्याम्पसमा आएका थिए । समाजशास्त्र र अंग्रेजी विषयबाट स्नातक गरेका पौडेल त्रिभुवन विश्वविद्यालय किर्तिपुरबाट
समाजशास्त्रमै स्ताकोत्तर (एमए) गरेका थिए । काठमाडौंबाट स्नाकोत्तरको पढाई सकेर फर्किका पौडेलले पुन धौलागिरी बहुमुखी क्याम्पस बागलुङमा १ वर्षे विएड पनि गरेका थिए भने पृथ्वी नारायण क्याम्पस पोखराबाट
कानुन विषयमा (एलएलबी) स्नातकको पढाई पनि सकाएका थिए । कानुनुको पढाई सकेर अधिवत्ताको लाईसेन्स लिने र वकिल बन्ने सपना पौडेलको अपुरै रहयो ।
पौडेल धौलागिरी बहुमुखी क्याम्पसमा स्नातक तह अध्ययनकै बेला देखी विद्यार्थी राजनितिमा सक्रिय भएका थिए । नेपाल विद्यार्थी संघ धौलागिरी बहुमुखी क्याम्पसको इकाई उपाध्यक्ष र नेविसंघको जिल्ला सदस्य हुँदै उनले
राजनितिक यात्रालाई सुरु गरेका थिए । विद्यार्थी राजनितिबाट आफ्नो राजनिति यात्रा सुरु गरेका पौडेलले हाल नेपाली काँग्रेस बागलुङको क्षेत्रीय सचिव रहेका थिए ।
पौडेल जिपि कोईराला फाउण्डेशन बागलुङको सचिव पनि रहेका छन । पौडेलले राजनिति, सामाजिक र मानवअधिकारको क्षेत्रलाई सँग सँगै अगाडी बढाएका थिए ।
नेपाल रेडक्रस बेलबगर उपशाखाको सदस्यबाट रेडक्रसको अभियानमा लागेका पौडेल जिल्ला सदस्य हुँदै हाल नेपाल रेडक्रस जिल्ला शाखाको मन्त्रीमा निर्वाचित भएका थिए ।
मानवअधिकारको क्षेत्रमा काम गर्ने संस्था मानव अधिकार तथा शान्ती समाज बागलुङको सभापति हुँदै केन्द्रीय समितिको युवा विभाग संयोजक भएर काम गरिरहेका पौडेल एमनेष्टी ईन्टरनेशनल समुह ४८ बागलुङका संयोजक पनि भए ।
बहुआयामी प्रतिभाको रुपमा आफुलाई स्थापित गरेका पौडेलले पत्रकारिताको क्षेत्रमा पनि कलम चलाएका थिए । उनि बागलुङ एफ एमको स्टेशन म्यानेजर भएर काम गरेका थिए ।
त्यसैगरी नेपाल पत्रकार महासंघका साधारण सदस्य हुन भने, नेपाल प्रेस युनियनका पुर्व सचिव हुदै हाल केन्द्रिय प्रतिनिधिको रुपमा रहेका थिए ।
स्नाकोत्तर सकाएर प्रध्यापन पेशा अंगालेका पौडेल विगत ६ वर्ष देखी गुप्तेश्वर बहुमुखी क्याम्पस पर्वतमा अध्यापन गराउँदै आएका थिए ।
विद्यार्थी माझ पनि लोप्रिय प्रध्यापकको रुपमा परिचित पौडेल गुप्तेश्वर बहुमुखी क्याम्पसको प्रजातन्त्रबादी प्रध्यापक संघको सचिव भएका थिए भने गण्डकी प्रदेशको सदस्यको रुपमा थिए ।
बागलुङका उद्योगी व्यवसायीको पनि नजिक रहेर काम गरेका उनि हाल उद्योग बाणिज्य संघ बागलुङको कार्यक्रम अधिकृत र परामर्शदातको रुपमा काम गर्दै आएका थिए ।
सवैको माझमा मिलनसार, शालिन सामाजिक व्यक्तित्वको रुपमा परिचित पौडेललेको निधनले सिंगो बागलुङलाई नै अपुरणीय क्षति पुगेको छ ।