भाइरल बालक सचिन : गीत, म्युजिक भिडियोदेखि टेलिश्रृंखलासम्म

भाइरल बालक सचिन : गीत, म्युजिक भिडियोदेखि टेलिश्रृंखलासम्म

  • माघ ११, २०७७ आइतवार
  • ०९:३७:१२ बजे
  • 5.1K
    SHARES
  • भाइरल बालक सचिन : गीत, म्युजिक भिडियोदेखि टेलिश्रृंखलासम्म

    सामाजिक सञ्जालको जमानामा कतिबेला कसको भाग्य बदलिन्छ थाहै हुँदैन । हिजोसम्म अपरिचित अनुहार रातारात चर्चित हुन्छ र मानिसहरु उसकै पछि दौडिन्छन् । जस्तो कि बालक सचिन परियारकै कुरा गरौं ।

    उमेरले १० वर्ष पुगेका यी बालक औसतभन्दा अलिक होचो कदका छन् । तर, उनको रमाइलो तरिकाले बोल्ने शैली र आनीबानीले धेरैको मन जितिरहेको छ । पहिलो अन्तरर्र्वाता एउटा यूट्यूव च्यानलमा आएपछि उनी भाइरल भएका थिए ।

    उनले बोलेका डाइलगहरु टिकटकमा खुबै चलिरहेका छन् । यसका अतिरिक्त गीत गाउने कला पनि छ उनीसित । यति भएपछि के चाहियो ?

    इन्द्रेणीमा पुगेर सचिनले दुई बालगायिकाहरु रबिना बसेल र आयूषा गौतमसँग मस्तिसाथ गीत गाए । अनि उनको स्वरमा गीत रेकर्ड पनि भयो ।

    सचिनले गाएको पहिलो गीत ‘ओठ खोलेर‘’ २० दिनअघि रिलिज भएको थियो । उनले रविना बसेलसँग मिलेर गाएको गीत हिट भयो ।

    यो गीतले हालसम्म ६० लाख भ्यूज कटाइसकेको छ भने सात हजारभन्दा बढि प्रतिक्रिया आएका छन् । अहिलेसम्म पनि ट्रेन्डिङबाट हटेको छैन ।

    सचिन र रविनाकै स्वर रहेको दोस्रो गीत ‘रातो रबर’ तीन दिनअघि युट्युवमा रिलिज भएको छ, जुन अहिले युट्युवमा ३ नम्बर ट्रेन्डिङमा छ । यो गीतलाई पनि दर्शक-स्रोताले रुचाएकै छन् ।

    त्यसो त यी दुवै गीत हिट हुनुमा रविनाको पनि उत्तिकै हात छ । उनी पनि भाइरल गायिका हुन्। ७ वर्षको उमेरमै दिग्गज गायकहरुसँग दोहोरी भिडिसकेकी उनलाई भविष्यको स्टारको रुपमा हेरिएको छ ।

    रविनाले खेम सेन्चुरीसित गाएको ‘धोवी बगर‘’ ले पनि बजार पिटिरहेको छ । सचिनको आगामी गीतमा महानायक राजेश हमालले समेत अभिनय गरेका छन् ।

    सो गीत केही दिनमा रिलिज हुँदैछ । यतिले नपुगेर सचिन हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ मा समेत देखिएका छन् । मेरी बास्सैको अघिल्लो श्रृंखलामा उनको अभिनय रहेको छ ।

    यसरी म्युजिक भिडियोदेखि टेलिसिरियलसम्म छाइरहेका यी बालक कहिलेसम्म चल्छन् भन्ने चाहिँ निधो छैन । यसरी भाइरल भएर चर्चामा आउनेहरु कमैले मात्रै दिगो करिअर बनाएका छन् । सचिन उमेरले सानै भएकाले पनि उनको भविष्यबारे यसै अड्कल गर्न सकिन्न ।

  • सम्बन्धित विषय:

  • # सामाजिक सञ्जाल
  • # सचिन परियार

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार