एउटै गाँउका १ सय १५ नेकपा कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश

एउटै गाँउका १ सय १५ नेकपा कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश

  • माघ ११, २०७७ आइतवार
  • १८:२८:३७ बजे
  • 5.6K
    SHARES
  • एउटै गाँउका १ सय १५ नेकपा कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश

    सुवास आचार्य, बागलुङ : नेपाल कम्युनिष्ट पार्टी नेकपा दुई धारमा विभाजित भएपछी त्यसको असर स्थानिय नेता कार्यकर्तामा पर्न थालेको छ ।

    केन्द्रीय नेताको विवादको कारण जिल्ला र स्थानिय तहका नेतालाई आफ्ना कार्यकर्ता जोगाउन हम्मे हम्मे हुन थालेको छ । पर्वतको जलजला गाँउपालिका वडा नम्वर ८ नाग्लीवाङमा एकै दीन सय भन्दा वढी नेकपाका कार्यकता नेपाली काग्रेसमा प्रवशे गरेका छन् । 

    नेकपा नेतृत्व दुई धारमा विभाजित भएपछी राजनितिक स्थाइत्व खोजेका कार्यकर्ता नेता प्रती रुष्ट हुदै पार्टी परिवर्तन गर्न थालेका छन् । नेपाली काँग्रेस वार्ड कार्य समिति जलजलाले आयोजना गरेको कार्यक्रममा सबै नवप्रवेशीहरुलाई स्वागत गरिएको हो ।

    सभालाई सम्बोधन गदै नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं स्थानीय तह समन्वय विभागका प्रमुख अर्जुन प्रसाद जोशीले कम्युनिष्टहरु गफ मात्रै गर्छन, जनतालाई ढाट्छन भन्ने कुरा अहिले पुष्टि भएको बताए ।

    उनले यो देशको आशा र भरोसाका साथै मुलुकको विकास र समृद्धि दिने पार्टी नेपाली काँग्रेस नै भएको दाबी गरे । जोशीले नेपाली काँग्रेसले इतिहासदेखि अहिलेसम्म जनता र मुलुकको लागि गरेको कामले नै अहिले नेपाली काँग्रेसमा प्रवेशको लहर आएको बताए ।

    जोशीले नाग्लीवाङका जनता नेकपाको बधुँवा पशु बन्न नसकेर काँग्रेसमा प्रबेश गरेको भन्दै अरु गाउँका कार्यकर्ताहरुलाई पनि प्रबेश हुन अनुरोध गर्नुभयो ।

    कार्यक्रममा नेपाली काँग्रेस पर्वतका पूर्व सभापती एवं साँसद लालकाजी गुरुङ, पूर्व सभापति नवराज गुरुङ, महासमिति सदस्य एवं पूर्व साँसद ऋषिकेश तिवारी, उपसभापति दुर्गावहादुर खत्री, कोषाध्यक्ष एवं जलजला

    गाउँपालिकाका अध्यक्ष यामवहादुर मल्ल ‘रामकृष्ण’, नेपाली काँग्रेस पर्वतका सचिव विश्व प्रसाई, नेपाल तरुण दलका केन्द्रीय कोषाध्यक्ष विद्धान गुरुङ, काँग्रेस पर्वतका महासमिति सदस्य गंगाधर तिवारी, महासमिति सदस्य

    राधाकुमारी कुवँर क्षेत्री, कुश्मा नगरपालिकाकी उपप्रमुख एवम् महाधिवेशन प्रतिनिधी सीता काफ्ले लामिछाने, नेपाली काँग्रेसको महिला विभागका केन्द्रीय सदस्य रेखा गुरुङ, नेपाली काँग्रेसका बागलुङका महाधिवेशन

    प्रतिनिधी जगन्नाथ आचार्य, नेपाल निजामती कर्मचारी युनियन संघका केन्द्रिय उपाध्याक्ष एवम् गण्डकी प्रदेशका संयोजक शिव शर्मा अधिकारी, नेपाली काँग्रेसका उद्योग विभागका केन्द्रिय सदस्य विप्लव हमाल, नेपाली काँग्रेस

    पर्वतकी जिल्ला सदस्य सरस्वती शर्मा जिज्ञासू लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा लोकगायक विमलराज क्षेत्रीले सांगितिक प्रस्तुती प्रस्तुत गरेका थिए ।

    नेपाली काँग्रेस वडा कार्य समिति जलजला गाउँपालिका–८ नाग्लिवाङका सभापति रामप्रसाद क्षेत्रीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य काँग्रेस नेता हरेमवहादुर खत्री र कार्यक्रमको संञ्चालन

    तरुण दल जलजला गाउँपालिकाका नेता रमेश रेग्मीले गरेका थिए । कार्यक्रममा वडा अध्यक्ष एवंम् काँग्रेस नेता हरिविकास जिसीको धन्यवाद मन्तव्य सहित सम्पन्न भएको थियो ।

  • सम्बन्धित विषय:

  • # १ सय १५ जना काँग्रेसमा प्रवेश

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार