नेपाली काँग्रेसको नगरस्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण बलेवामा सुरु, पाँच दर्जन बढि काँग्रेस प्रवेश 

नेपाली काँग्रेसको नगरस्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण बलेवामा सुरु, पाँच दर्जन बढि काँग्रेस प्रवेश 

  • माघ १४, २०७७ बुधवार
  • २०:१२:३२ बजे
  • 6.7K
    SHARES
  • नेपाली काँग्रेसको नगरस्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण बलेवामा सुरु, पाँच दर्जन बढि काँग्रेस प्रवेश 

    बागलुङ : नेपाली काँग्रेसको बागलुङ नगर स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम बलेवामा सुरु भएको छ ।

    प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै नेपाली काँग्रेस केन्द्रीय सदस्य प्रदिप पौडेलले संसद विघटन विरुद्ध काँग्रेस सशक्त आन्दोलन गर्ने बताए । काँग्रेसले प्रधानमन्त्रीको संसद विघटनलाई असंवैधानिक कदम भनेकाले संसद पुनस्थपना नै पहिलो शर्त रहेको उनले बताए ।

    दुई तिहाई नजिक बहुमत पाएको कम्युनिष्ट पार्टीले जनताको विश्वासमाथि घात गरेको उनको दाबी छ ।

    Pradip paudel.jpg

    आमन्त्रित केन्द्रीय सदस्य किरण पौडेलले देशलाई बर्वादीतर्फ धकेल्ने केपी ओलीले संसद विघटन गरेको आरोप लगाए ।

    कार्यक्रममा नेपाली काँग्रेस बागलुङका सभापति दीपेन्द्रबहादुर थापा, पूर्व जिला सभापति एवं गण्डकी प्रदेश सभा नेपाली काँग्रेसका प्रमुख सचेतक मणिभद्र शर्मा कँडेल, पूर्व पार्टी सभापति हरिप्रसाद श्रेष्ठ, जिल्ला सचिव नवराज पौडेल, बागलुङ काँग्रेस कोषाध्यक्ष उमेश गौतम, सहसचिव सीताराम रसाईली, म्याग्दीका सहसचिव भरत रखाल, महासमिति सदस्यहरु जगदीशचन्द्र उपाध्याय, भीम श्रीस, कल्पना हमाल पाठक लगायले ओलीको असंवैधानिक कदमले देश अप्ठ्यारोमा परेको बताए ।

    कार्यक्रममा  महाधिवेसन प्रतिनिधिहरु जगन्नाथ आचार्य, अमर कार्की, पार्वती आचार्य, डिल्लीराम सुवेदी, हरिहर शर्मा, सागर परियार, जिल्ला सदस्य बसन्त कुमार श्रेष्ठ, बागलुङ नगरसभापति महेन्द्र आचार्य, नेपाल महिला संघ बागलुङकी अध्यक्ष शकुन्तला शर्मा, नेपाल विद्यार्थी संघ बागलुङका अध्यक्ष खडक थापा, बागलुङ नगरपालिका—१४ का वडाध्यक्ष चक्रबहादुर खत्री लगायतले मन्तव्य राखेका थिए ।

    congressssss.jpg

    नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर १ बागलुङका सभापति चिरञ्जीवी गौतमको अध्यक्षतामा भएको कार्यक्रमा स्वागत प्रदेश सभा क का सभापति शिव कँडेल सञ्चालन क्षेत्रीय सचिव विष्णु आचार्यले गरेका थिए ।

    कार्यक्रममा प्रशिक्षणको महत्वबारेमा प्रदेश सभा ख का सभापति नारायण पौडेलले जानकारी गराएका थिए । कार्यक्रममा राष्ट्रिय कलाकार बिमलराज क्षेत्रीले सांगितिक प्रस्तुती प्रस्तुत गरेका थिए । उक्त अवसरमा पाँच दर्जन बढि विभीन्न पार्टीका कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।

    दुई दिने प्रशिक्षण कार्यक्रममा नेपाली काँग्रेस अध्ययन अनुसन्धान प्रतिष्ठानका सदस्य प्रमोदहरि गुरागाँई किशोरदत्त बराल, युवा प्रशिक्षक दिनेश सापकोटाले प्रशिक्षण दिनेछन् ।  

     

    सम्बन्धित समाचार