बागलुङ : बहुचर्चित कलाकार विष्णु खत्री र अनुपा थापामगरको नयाँ सांगितिक कोशेली ‘सुनिमाया’ सार्वजनिक भएको छ ।
लोकधुनको पञ्चैबाजामा आधारित उक्त गित विष्णु खत्री युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । कलाकार खत्रीको शब्द संगितमा तयार गितमा खत्री र अनुपा थापामगरको स्वर समावेश छ ।
गितमा आशिष अविरलको एरेञ्ज छ । सुमधुर क्रियशन प्रालिले निर्माण गरेको उक्त गितको म्युजिक भिडियो होम गुरुङले निर्देशन गरेका छन् ।
भिडीयोको छायाँकन दुर्गा पौडेल र सम्पादन नविन घर्तीमगरले गरेका हुन् । कलाकार सारिका केसी र रबिन अधिकारीलाई गितमा फिचरिङ गरिएको छ ।
उक्त गितलाई गलकोटको सेराफेरोमा छायाँकन गरिएको छ । कलाकार खत्रीले आफ्नै गाउँ ठाउँमै भिडीयोको सुटिङ गरेका हुन् ।