रेजिना र राजवीरको ‘कसिङ्गर’ युटुबमा रिलिज

रेजिना र राजवीरको ‘कसिङ्गर’ युटुबमा रिलिज

  • माघ १६, २०७७ शुक्रवार
  • १६:३०:३९ बजे
  • 5.0K
    SHARES
  • रेजिना र राजवीरको ‘कसिङ्गर’ युटुबमा रिलिज

    काठमाडाैँ : कलाकारद्धय रेजिना उप्रेती र राजवीर पटेलको मुख्य भूमिका रहेको चलचित्र ‘कसिङ्गर’ युटुबमा रिलिज गरिएको छ । यो चलचित्र हलमा रिलिज नगरी सिधै युटुबमा रिलिज गरिएको हो ।

    धौलाश्री फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रमा ओम क्षेत्री, सुशिल पोखरेल, रामचन्द्र अधिकारी, सुरविर पण्डित, सुवास नेपाली लगायतका कलाकारको अभिनय छ । चलचित्रमा राजवीरकै कथा,पटकथा तथा निर्देशन छ ।

    चलचित्रमा राजन पटेलको सम्पादन, सम्राट सापकोटाको एक्सन, हरि नारायण चौधरीको छायांकन, दीपक अधिकारी र विक्रम चौहानको कोरियोग्राफी छ ।

    राजवीर पटेल प्रस्तुतकर्ता रहेको चलचित्रमा जगत पटेल कार्यकारी निर्माता र भीमराज पटेल सह–निर्माताको रुपमा छन् ।

  • सम्बन्धित विषय:

  • # रेजिना उप्रेती

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार