भारतबाट घर फर्कदै गरेका बरेङ एक युवा ४ दिनदेखि बेपत्ता

भारतबाट घर फर्कदै गरेका बरेङ एक युवा ४ दिनदेखि बेपत्ता

  • माघ १६, २०७७ शुक्रवार
  • १९:३५:४३ बजे
  • 5.8K
    SHARES
  • भारतबाट घर फर्कदै गरेका बरेङ एक युवा ४ दिनदेखि बेपत्ता
    ३४ वर्षीय पितु विक

    बरेङ : भारतबाट घर फर्कदै गरेका बरेङ गाँउपालिका वडा नम्बर ३ बाटाकाचौरका एक व्यक्ति बिचबाटैबाट बेपत्ता भएका छन् ।

    भारतबाट छोराछोरी र श्रीमतिसहित गाउँ आउदै गरेका बाटाकाचौर खोलाखर्कका ३५ वर्षीय मुक्तबहादुर विक चन्द्रकोट गाँउपालिकाको खसिमारेबाट बेपत्ता भएका हुन् ।

    भारतको दिल्लीदेखि परिवारसहित घर फर्किँदै गर्दा खसीमारेमा गाडि बिग्रेको र शौच गर्न भनि गाडीबाट झरेका उनी माघ १२ गतेदेखि बेपत्ता भएका हुन् ।

    उनी झरेको स्थान वरिपरि खोजी गर्दा बाटो भन्दा तल उनको टोपी भेटिएको तर मान्छे फेला नपरेको बरेङ गाँउपालिका वडा नम्बर ३ बाटाकाचौरकी वडा सदस्य दिपा सुनारले बताइन् ।

    बेपत्ता विकको मानसिक अवस्था समेत सामान्य रहेको श्रीमती अमृता विकले बताइन् । बिक श्रीमती र छोरा र छोरी लिएर आफ्नो घर बाटाकाचौर फर्कदै थिए ।

  • सम्बन्धित विषय:

  • # बरेङ एक युवा ४ दिनदेखि बेपत्ता

  • दिपेन्द्र परियार

    उहाँ बागलुङ पोस्टको संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार