६ वर्षीया बालिकाको हत्या, ओढारमा भेटियो शव

६ वर्षीया बालिकाको हत्या, ओढारमा भेटियो शव

  • मंसिर २५, २०७७ बिहिवार
  • ११:१४:४८ बजे
  • 4.2K
    SHARES
  • ६ वर्षीया बालिकाको हत्या, ओढारमा भेटियो शव

    काठमाडौं : रसुवाको कालिका गाउँपालिका–१ फैलिगाङ की ६ वर्षीया बालिका सुमिना तामाङको अपहरणपछि हत्या भएको छ । बालिकालाई हत्या गर्ने नुवाकोटको किस्पाङ गाउँपालिकाकी १९ वर्षीया सपना तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

    आइतबार बिहान विद्यालय गएकी सुमिना साँझसम्म पनि घर नफर्किएपछि खोजी सुरु गरिएको थियो । परिवारका सदस्यको निवेदनका आधारमा खोजी गर्दा कालिका गाउँपालिका–१ स्थित नागुर्दुङ भीरको ओढारमा घाँसले छोपिएको अवस्थामा मंगलबार बालिकाको शव भेटिएको थियो ।

    जिल्ला प्रहरी कार्यालय रसुवाका डिएसपी इन्द्र सुवेदीका अनुसार पक्राउ परेकी सपनाले सुमिनाको हत्या गरेको स्वीकार गरिसकेकी छन् ।

    डिएसपी सुवेदीले अनलाइनखबरसँग भने, ‘सपनाले चाउचाउ दिएर फकाइछन् र अलि पर लगेर बालिकाको कानका मुद्रा निकालिछन् । अनि बालिकाले आमासँग भन्दिन्छु भनेपछि डोरीले घाँटी कसेर हत्या गरिछन् ।’

    डिएसपी सुवेदीले भने, ‘म पनि घटनास्थलमा पुगेको थिएँ । अत्यन्त क्रूर ढंगले हत्या गरेको देखिन्छ । सपनासँग पहिलेदेखि नै डोरी साथमा रहेकाले बालिकाको हत्या गर्ने उद्देश्य नै देखिन्छ ।’

    हत्यापछि सुमिनाले लगाएको स्कुलको ड्रेस फुकालेर उनकै झोलाभित्र राखेर झाडीमा फालिदिएको बयान सपनाले प्रहरीलाई दिएकी छन् ।

    शव भेटिएको नजिकै बालिकाको झोला र चप्पल भेटिएको थियो । त्यहीँ नजिकै चाउचाउको प्याकेट पनि भेटिएको छ ।

    हत्यामा संलग्न सपनामाथि सात दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको डिएसपी सुवेदीले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # बालिकाको हत्या

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार