बरेङ : बरेङमा प्रगतिशिल पत्रकार संघ उप–शाखा गठन भएको छ । संघले केशवराज क्षेत्रीको अध्यक्षतामा ९ सदस्यीय बरेङ उप–शाखा समिति पुर्नगठन गरेको हो ।
समितिको उपाध्यक्षमा मिना बिसी मिनु, सचिवमा दिपेन्द्र परियार, सह–सचिव मोहन पुन, कोषाध्यक्षमा ज्योती थापा चयन भएका छन् भने सदस्यहरुमा ज्योति थापा, राजु विक, नारायण शर्मा, जिवन थापा, कुशुम पुन चयन भएका छन् ।
संघले ५ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ । समितिको सल्लाहकारहरुमा लेखान्त पुन, फुलकुमारी शर्मा, प्रकाश छन्त्याल, शेखर थापा, हिरा बहादुर पुन रहेका छन् ।