बागलुङ : आइएमइ लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । शनिबार कम्पनीको बागलुङ शाखाले बागलुङ नगरपालिका वडा नम्बर २ रुद्रेपीपलका बीमित मधु नेपालीको परिवारलाई घरमै पुगेर बीमा योजना अन्तर्गतको दाबी भुक्तानी गरेको हो ।
कम्पनीको नियमानुसार बीमा दाबी भुक्तानी अन्तर्गत मृतकका परिवारलाई ईन्स्योरेन्स कम्पनीका गण्डकी प्रदेशका प्रमुख सुर्यप्रसाद घिमिरेले रु.१० लाख ३० हजारको चेक हस्तान्तरण गरेका हुन् । स्वर्गीय नेपालीले कम्पनीमा ऐजेन्सी म्यानेजर ममता शर्माको संयोजनमा रु. १० लाखको जीवन बीमा गरेकी थिइन् ।
उनले बीमा बापतको प्रथम किस्ता ६६ हजार मात्र कम्पनीलाई बुझाएको बागलुङ शाखाले जनाएको छ । दाबी भुक्तानी कार्यक्रममा बोल्दै प्रदेश प्रमुख घिमिरेले आईएमई लाईफ विमितहरुको सुख दुःखमा सधै साथमा रहेको भन्दैै जोखिम सुरक्षाका लागि विश्वाससिलो सेवा दिन कम्पनी सधै तत्पर रहेको बताए ।
कार्यक्रमा एरिया मेनेजर शिवप्रसाद शर्मा, सिनियर एजेन्सी मेनेजर जीवन काउचा थापा, मनिता खड्का, निर्मला शर्मा लगायत आइएमई लाइप का अन्य अभिकर्ताहरु लगाएतको उपस्थिती रहेको थियो ।
आईएमई लाइफले २०७४ कार्तिक ८ गतेदेखि बाग्लुङमा कार्यालय संचालन गरि बीमा कारोबार गरिरहेको छ । कम्पनीले जनताहरुलाई बीमाको महत्व बुझाउँदै उत्कृष्ट बीमाका सेवा तथा व्यापार बाग्लुङ शाखाका प्रमुख इन्द्रा शर्मा सापकोटाले जानकारी गराइन् ।