गायिका ज्योति मगर समय–समयमा चर्चामा आइरहन्छिन् । स्टेज प्रस्तुति, कपडा पहिराई, विभिन्न पकृतिका अभिव्यक्तिलगायतका कारण उनी चर्चामा आइरहन्छिन् ।
गायिका ज्योति मगरले सामाजिक संजाल फेसबुकमा आइतवार अलिक बोल्ड नै तस्विर शेयर गरिन् । कुनै ग्रामिण सडकमा खिचिएको उक्त तस्विरमा उनले आफ्नै टीसर्ट माथि तानेकी छिन् । तस्विरमा उनको वक्षस्थल स्पष्टसँग देखिन्छ ।
बोल्ड तस्विरहरू सार्वजनिक गर्नु त उनका लागि सामान्य नै हो । तर, आइतवार तस्विरसँगै उनले लेखेको ‘क्याप्सन’ले सबैको ध्यान तानेको छ ।
क्याप्सनमा उनले लेखेकी छन्–
‘म सेक्सी हुन रोक्न सक्दिनँ । यो मेरो रगतमा छ । यदि यसलाई तपाईंले सहजै लिन सक्नुहुन्न भने यो तपाईंको समस्या हो । मलाई बाल मतलब १’
फेसबुकमा १ लाख ४१ हजार भन्दा बढी फ्यान ९५ हजार साथि र १ लाख ३६ हजार फ्लोअर्स० कमाएकी ज्योतिको उक्त तस्विर शेयर गरेको २ घन्टामा २ हजार ३ सय भन्दा बढि फ्यानले लाईक गरेका छन् ।
भने ६४३ जनाले प्रतिक्रिया दिएका छन् भने ४८ जनाले शेयर गरेका छन् । मिश्रित प्रतिक्रिया आइरहेको उक्त तस्विरमा एक फ्यान लेख्छन् “सेक्सी हुनुको अर्थ आफ्नो प्राइभेट अंगहरु प्रदर्शन गर्नुपर्छ भन्ने हैन दिदी ।
मैले हजारौं से क्सी युवतीहरु देखेको छु । जसले आफ्नो पूरा शरिर कपडाले ढाकेका छन् । तपाइको बुझाइमा से क्सीको अर्थ नै गलत छ ।” ती फ्यानको प्रतिक्रिया ६१ जनाले मन पराएका छन् ।
सुहागरातमा पीडा सहन नसकेर प्राण त्यागेकी रमाको कथा
भोली मेरो बेहुली बन्ने पालो” रमा उत्साहित हुँदै भन्दै थिइ साथीहरुलाई। “आजको भाँडाकुटी भन्दा धेरै रमाईलो हुन्छ भोली बुझिस्।।” भोलीका बेहुला साने पनि साथीहरुमाझ रवाफ देखाउँदै थियो।
“छोरी तेरालागि कपडा ल्याइदेका छौं आज सहरबाट, हेर त १ कस्तो लाग्यो रु बेहुली हुँदा त राम्री देखिनुपर्यो नि । रातो साडी, रातै ब्लाउज, पहेंलो पटुका,राम्रा बुट्टेदार सितारा भरेको घुम्टो, गाजल, टीका, पोते आदि कहिल्यै नदेखेका श्रृङ्गारका सरसामान देखाउँदै भन्नुभएको थियो आमाले।
जुनुको जस्तै मुन्द्रि नल्याइदेको भनेर झगडा गरी एकछिन रमाले।अनि हिँडि साथीहरुकोमा। आहा १ कति माया गर्नुहुन्छ बाआमाले मलाई, खेल्नकैलागि यत्तिको सामान, अरु कस्को बाआमाले ल्याइदिन्छन् रु मनमनै प्रश्न गर्दै थिइ ऊ।
के थाहा रमालाई भोली उसको साँच्चिकै बिहे हुँदैछ भनेर।भर्खर ९ पुगेर १० वर्षमा लागेकी रमा सदाझैं भाँडाकुँटी खेल्दा बनेको बेहुलीको कल्पना गर्दै थिइ “ललिता, पुष्पा, जुनुहरुले मैला लुगा लगाएर बनेको बेहुली भन्दा मलाई कति राम्री देखिन्छ होला रुरु साने पनि म जत्ति राम्रो देखिन्न भोली, अहिले सम्मकै रमाइलो हुन्छ भोलीको भाँडाकुटी यस्तै यस्तै सोच्दै थिइ रमा।
आज चाँडै उठाउनुभयो, सधैं तातोपानी नभए नुहाउनुपर्दैन भन्दै तँ भनेर हप्काउने आमाले पानीमा आज चिसै पानीमा नुहाउन लगाउनुभयो। मान्छेहरु बाक्लै थिए घर वरिपरि, चारतिर केराका बोट र बाँसहरु गाढेर राता सेता कपडाहरुले सिङ्गारेर राम्रो बनाइको थियो बीच आगन।
रमालाई अचम्म लाग्यो। के हुँदैछ आज हाम्रो घरमारु अनि आगन बीचतिर देखाउँदै सोधी आमालाई,आमा त्यो के हो ? ‘जग्ज्ञे’ आमाले भन्नुभयो । अनौठो मानेझैं हेरीरही रमाले। बुबा बाहिर भित्र गरीरहनुभएको थियो। नजिक आएर केही भन्दै अर्कोतिर लाग्दै गर्दै थिए मान्छेहरु।
दाइ त्यही जग्ज्ञेको बीचमा के के सामान ओसार्दै थिए, काकाहरु अर्हाउँदै हुनुहुन्थ्यो। अघि अघि आउँदा सधैं रमालाई जिस्काउने पण्डित बा आज चुपचाप रेखी हाल्दै थिए जग्ज्ञेको बीचमा। सबै झकीझकाउ अनि भरिभराउ थियो,सबै उत्साहित थिए।
गाउँभरका आमाहरु सेलरोटी पकाउनतिर लागे। पुरुषहरु दाउरा र भाँडाहरु जम्मा पार्दै भतेरको जोरजाम गर्दै थिए।कोही कतिखेर आइपुग्छन् ढिलो गर्नु हुँदैन भन्दै थिए त कोही शुभ काम हतारमा गर्न हुँदैन,हतारको काम लतरपतर हुन्छ भन्दै ।
तलपट्टी जुनु,ललिता र पुष्पाहरु हातमा सेलरोटी बोकेर दगुर्दै थिए। साने आफ्ना साथीहरु जम्मा पारेर फुर्ति लगाउँदै गफ चुटिरहेको थियो। बच्चाहरु, सेलरोटी माग्दै आधा टोकेर फाल्दै फेरि माग्न जाने गर्दा महिलाहरु हैरान मानेर हप्काउँदै धपाईरहेका थिए, बच्चाहरु निरीह भएर रुँदै आफ्नी आमासँग टाँस्सिन पुग्थे, माहोल उल्लासमय नै थियो।
२५ वर्षे जवान बेहुलालाई बीचमा राखेर बाजा बजाउँदै आएका जन्तीको हुल पिपलबोटे डाँडाबाट तल झर्यो।आमा,फुपु र अर्चना दिदीहरुले हतार भयो भन्दै हिजो ल्याइदिएको कपडा लगाइदिन लाग्नुभयो, रमा रमाइलो मानीरहेकी थिइ।
“अब लुगा लगाएर म पनि जान्छु जुनुहरुसङ्ग, तिनीहरु भन्दा मलाई र कति राम्री देखिन्छ होला है फुपु रु” चुप लाग १ हतार भैसक्यो भन्दै कानमा गहना लगाइदिन आँट्नुभयो अर्चना दिदीले। भो१ कानमा मुन्द्रा बाहेक लगाउन्न भन्दै उम्किन खोजी रमा।
आमाले सम्झाउँदै भन्नुभयो : छोरी आज खेल्न हुँदैन,कति सोमत नभएकी बदमास रहिछ भन्छन् मान्छेहरुले किन र आमारुरु केही हुँदैन है दिदीरु हामी सधैं खेल्छौं। अर्चना दिदीतिर हेर्दै भनी रमाले। “आज तिम्रो बिहे हो कान्छी,आज दुलाहको घरमा जानुपर्छ तिमी” आमाको बोलीसंगै झसङ्ग भइ रमा,एकछिन टोलाई सबैको मुखमा हेरी अनि रुन थाली बेस्सरी ।।
पुरेत बाले चाँडैगरि सक्याए विवाह। डोली चढ्नेबेलामा आमाले केही पोको जस्तो राखिदिनुभयो छोरीका हातमा बाजा गाजासहित डोली अघि लगाएर जन्ति फर्किए, जन्ती फर्किएसंगै गाउँलेहरु पनि आ-आफ्नो बाटो लागे, सुनसान भयो बिहेघर। सुनसान जस्तै भयो पूरा गाउँ ।
बा र भाइ मलीन अनुहार लगाएर टोलाए बाटोतिर हेर्दै।आमा सुँक्क, सुँक्क गर्दै आँशु पुछ्न लागिन्।भरखरै हुर्किंदै गरेकी अबोध सन्तान आफ्नो काखबाट छुट्टिंदा आँशु नआओस् पनि कसरी रु
लुईंटेल गाउँको पल्लो छेउको थियो उसको नयाँ घर। उसले घर भनेर जुन चित्र मस्तिष्कमा बनाएकी थिइ अब कहिल्यै घर हुन पाउंदैन। कति छिटै माइतमा परिणत भयो उसको घर। खेल्ने जिस्कने र रमाउने दिन सकिए अब रमाका लागि।
बिहान सबेरै उठ,पँधेरोमा जाउ, पानी लिएर आउ,लिपपोत गर, घाँस काट्न जाउ,आएर खाना बनाई सासू ससुरालाई ख्वाउ यही नै थियो उसको दैनिकी। एकरात लुईंटेल गाउँको पल्लो छेउ बालिका चिच्याएको आवाज सुनियो,एकपटकको आवाज दोहारिएन।
कोही बच्चा झगडा गरेर रोएको ठानेर सुत्यो पुरै गाउँ। पीडा र याचना मिश्रित रोदन निरन्तर निकालीरहिन् रमाले अन्तरमनबाट तर आवाजको रुप लिन पाएन। मुख छोपीरह्यो आफ्नै भनिएकोले। केहीछिनपछि पोखियो ऊ र पछारियो अर्कोपट्टि। रमा निदाइन्,कहिल्यै नउठ्नेगरि।असह्य पीडा सहन नसकेर धर्तिबाटै बिदा भइन् त्यही रात।
रमा बला त्कृत भइन् । एक बालिकाको अस्मिता र जीवन बला त्कृत भयो। बला त्कार मात्र हैन धर्तिबाटै अस्तित्व लुटियो।यो अक्षम्य अप राध हो,महापाप हो तर समाज र कानुनले बला त्कार भएको देखेन,जीवन लुटेको देखेन,पाप गरेको देखेन,बरु उल्टै मृत शरीर देखाउँदै कमजोर र पापिनीको बिल्ला भिरायो अबोध बालीकालाई।
किन कि उनको विवाह भैसकेको छ। विवाह भएकै कारण उनी बालिका भएर पनि बालिका भइनन्, बला त्कृत भएर पनि बला त्कृत भइनन्, ह त्या भएर पनि स्वाभाविक मृतक बनिन् कानुन र समाजकालागि । गाला र घाँटीहरुमा नीला दाग, छरपस्ट कपाल, लत्पत्तिको श्रृङ्गार,कम्मरबाट तर रगताम्य लासलाई भोलीपल्ट बिहानै निकालियो ।
तुलसाको मठ नजिक राखियो,चार हात लामो कात्रोले बेरियो र लगियो घाटतिर। छोरी समान बुहारीको मृत्यु हुँदा पनि कुनै पिर परेको शंकेत देखिएन सासु ससुराहरुको मुहारमा।कति निठुर र क्रूर हुन्छन् मान्छेहरु भरखरै प्रकृतिले नयाँ उत्साहकासाथ उमारेको बिरुवा बोट हुन नपाई निमोठिनुपर्यो।
१० वर्षे कलीलो जीवन आधा खण्टामै घाट पुर्याए मलामीहरुले, दाउराहरु खोजियो। तयार पारियो सानो चिता। लासलाई सर्वप्रथम खोला छेउ लगियो,पालैपालो पानी मुखमा हाल्दिए आफ्ना भनिएकाहरुले। ती आफ्ना होइनन्, जसले ह त्यालाई हत्या भनेनन्, ह त्यारालाई ह त्यारा देखेनन्, ती कसरी आफ्ना हुन्छन् रु
त्यसपछि शवबाट लुगा झिक्ने काम सुरु भयो। लुगा भन्दा पनि पहिला हतार हतार गहना झिके र ख्यालगरेर खल्तीतिर राखे श्रीमानले।।लुगा झिक्दै गर्दा पटुकामा एउटा पोको।खोलेर हेर्ने सहमति भयो। रुमालमा बेरेर राखिएको रहेछ दुई ओटा सुनका मुन्द्रि, सायद आमाले अन्मिने बेलामा दिएकी थिइन्।
श्रीमानले हर्षित हुँदै लियो र हाल्यो गाजीमा त्यो पनि।निर्ममताकासाथ जीवन लुट्ने मान्छे माटोमा भेटिने पहेंलो खनिजलाई भने कति माया गर्दो रहेछ। सायद मानवताभन्दा पनि सम्पत्तिले राज गरेको छ दुनियाँमा। केही छिनमा चितामाथि राखियो लास। चरम पीडामा याचना सहित चिच्याउँदा त हाँसी हाँसी जीवन लुटेको श्रीमानलाई चुपचाप रहेको निर्जिव मुढोमा आगो लगाउन के भयो र ?
लगायो सजिलै आगो उसले। रमाको कलीलो शरीर खरानी पार्न धेरैबेर लगाएन आगोले पनि, केहीबेरमै रमा धुवाँ भनेर लागिन् आकाशको यात्रामा बेहुली हुन पाउनु जीवनकै रमाइलो क्षण मानेकी रमाले आखिर बेहुली भएकै कारण जीवन गुमाउनुपर्यो, जुनु र पुष्पाहरुसंग अन्तिम पटक खेल्न नपाई सकीइन् रमा, ।
आमाको काखमा रहर पुगुन्जेल पनि बस्न पाइनन्, राम्रोसँग संसार देख्न नपाई बन्द भए आँखाहरु, रहर गरेको मुन्द्रा लगाउन नपाई जले कानहरु।यो यथार्थको निर्मम विवाह भन्दा खेलाँचीकै विवाह कति सुन्दर थियो।समान उमेरहरुको विवाह, समान भावना, समान आशा र आकांक्षा, दुःखमा रुन्थे सबै साथीहरु, खुसीमा हाँस्थे सबै, कति आत्मीय थियो त्यो कृत्रिम सम्बन्ध यो यथार्थ सम्बन्ध भन्दा।
जीवन उत्साह हो तर रमाले उत्साह रहीत जीवन भोगीन्।मृत्यु शोक हो तर उनले शोक रहीत मृत्यु पाइन्। यो समाज निर्लज्ज कलंकको कथा बोक्न तयार भयो अनि लम्कियो यस्तै अर्को कथा लेख्न।