केपी कुमार जलन, बागलुङ : पछिल्लो दिनमा कार्यक्रम इन्द्रेकीका सञ्चालक कृष्ण कँडेल र गायिका टिका सानुबीचको विवादको विषय बजारमा ‘हट केक’ बनेको छ ।
नेपाली लोक दोहारी क्षेत्रकी गायिक तथा मोडल टीका सानू र ईन्द्रेणी कार्यक्रमका संचालक कृष्ण कंडेल बीचको सानो भिडियोको अंशलाई लिएर सामाजिक संजालमा कोलाहल मच्चिएको छ ।
एबिसी टेलिभिजन र हिमालयन टेलिभिजनबाट प्रशारण हुने लोकप्रिय कार्यक्रम ईन्देणीमा लोक दोहोरी गायक
प्रकाश अधिकारी र टीका सानू बीच भएको दोहोरीको अन्तमा कृष्ण कँडेल र टिका सानु बीचको वार्तालाप अहिले सामाजिक सञ्जाल र टिकटकमा भाईरल हो ।
उक्त कुराकानीमा टिका सानुले ईन्द्रणी कारण कलाकार चल्ने र कलाकारका कारण ईन्द्रणी चल्ने नभई दुबै एक अर्काको परिपुरक भएको उल्लेख गरेकी छिन् । यो विषयलाई लिएर अहिले टिका सानु र कृष्ण कँडेलबीच खटपट भएको भन्ने विषयले बजार तताएको छ ।
भिडीयोको सानो अंशलाई लिएर सामाजिक सञ्जालमा तरंग मच्चिएपछि अहिले पक्ष विपक्षमा टिका टिप्पणीहरु हुन थालेका छन् ।
कतिपयले टिका सानुको पक्षमा वकालत गरेका छन् भने कतिपयले कृष्ण कँडेले र कार्यक्रम ईन्द्रणीको पक्षमा वकालत गर्दै सामाजिक सञ्जालमा लेख्न थालेका छन् । यो बीचमा सामाजिक सञ्जाल मार्फत गायिका टिका सानुको चरित्र हत्या गर्ने कार्य भएको भन्दै कतिपयले त्यसप्रति आपत्ती भएका छन् ।
सारङ्गी संसारका सञ्चालक गायक कमल कुमार विकले सामाजिक सञ्जालमा टिका सानु माथि अनर्गल गाली गर्ने र गलत आरोप लगाई चरित्र हत्या गर्ने काम भएको भन्दै त्यसो नगर्न आग्रह गरेका छन् । गायिका टिका सानुले सामाजिक सञ्जालमा आफुमाथि लगाईको आरोपबार भावु्क स्टाटस लेखेकी छिन् ।
उनले लेखेकी छिन्,‘आज जहाँ छु म ईन्द्रेणीकै कारण छु मैले इन्द्रेणीको कार्यक्रम शहरदेखि गाउँबस्तिका भिरपाखा धाएकी छु २०औं जोर जुत्ता चप्पल फटाएकी छु केही पाएकी छु, केही गुमाएकी छु। जुन प्रक्रिया चलिरहने प्रक्रिया पनि हो ।
’उनले यतिबेला इन्द्रेणी कार्यक्रमका सन्चालक कृष्णप्रसाद कँडेल पूर्व इलाममा भएकोले काठमाडौँ आउनासाथ यो विषयमा थप प्रष्ट खुलाउने र पूरानो भिडियो काटेर पोस्ट गरेर चरित्र हत्या गर्ने, तनाव दिने, जातिय रंग दलेर गाली गर्नेहरु प्रति आपत्ति नभएको प्रष्ट पारेकी छिन ।
उनले अन्तमा नोट लेखेकी छिन्,‘कृष्ण दाइ र मेरोबीचमा कुनै मतान्तर र मन मुटाव भएको छैन ।’