मसाल जुलुसबाट फर्कंदै गरेका नेकपाका इन्चार्ज बाटोमै मृत भेटिए

मसाल जुलुसबाट फर्कंदै गरेका नेकपाका इन्चार्ज बाटोमै मृत भेटिए

  • माघ २२, २०७७ बिहिवार
  • १८:३२:४३ बजे
  • 3.0K
    SHARES
  • मसाल जुलुसबाट फर्कंदै गरेका नेकपाका इन्चार्ज बाटोमै मृत भेटिए
    फाइल तस्बिर

    सर्लाही : मसाल जुलुसबाट फर्कंदै गरेका नेपाल कम्युनिस्ट पार्टीका सर्लाही इन्चार्ज डाचाराज वाग्ले बाटोमै मृत अवस्थामा भेटिएका छन् । उनको दुर्घटनामा मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

    बुधबार साँझ बरहथवामा मसाल जुलुस निकालेपछि उनी मोटरसाइकलमा राजमार्गतर्फ आउँदै थिए । उनलाई हरिपुर नगरपालिका–१ हजारबिगहाका वाग्ले मुर्तियाको जंगलमा लडिरहेको अवस्थामा भेटिएको थियो ।

    बरहथवाबाट बुधबार अबेर राति हिँडेका उनी बाटोमा पर्ने जंगलमा लडिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

    मोटरसाइकलबाट केही पर लडिरहेका वाग्लेलाई बरहथवास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याउँदा चिकित्सकले मृत्यु भइसकेको घोषणा गरेको प्रहरीले जनाएको छ ।

    वाग्लेको टाउको र खुट्टामा गम्भीर चोट लागेको प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताए । उनले जंगलको बाटोमा मोटरसाइकलको गति बढाएको वा जंगली जनावरले बाटो काट्दा दुर्घटना भएको हुन सक्ने बताए ।

    बुधबार दिउँसो बरहथवामा पार्टीको जिल्ला कमिटीको पूर्ण बैठकमा सहभागी भएका वाग्लेले साँझ मसाल जुलुसको नेतृत्व गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # नेकपा

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार