द्वन्द्वको समयमा हिंसामा परेका महिलालाई न्याय माग्दै ज्ञापनपत्र

द्वन्द्वको समयमा हिंसामा परेका महिलालाई न्याय माग्दै ज्ञापनपत्र

  • मंसिर २६, २०७७ शुक्रवार
  • ०७:१९:२६ बजे
  • 3.9K
    SHARES
  • द्वन्द्वको समयमा हिंसामा परेका महिलालाई न्याय माग्दै ज्ञापनपत्र

    बागलुङ : लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भ पारेर द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जालले जिल्ला समन्वय प्रमुखलाई ज्ञापन पत्र बुझाएको छ ।

    सञ्जालले द्वन्द्वको समयमा महिलामाथि भएका शारिरिक मानसिक र यौनज्यन्य हिंसा कुटपिट लगायतका घटनाका दोषीहरुलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै ज्ञापनपत्र बुझाएको छ । वेपत्ता परिवार बागलङकी छमकुमारी बस्नेतले उक्त ज्ञापनपत्र जिल्ला समन्वय प्रमुख राजेन्द्र ढुङ्गानाई हस्तान्तरण गरेका थिए ।

    ज्ञापनपत्र बुझ्दै ढुङ्गानाले यो विषयमा आफु संवेदनशील रहेको र ज्ञापनपत्र सम्बन्धित निकायमा पु¥याउने प्रतिवद्धता जनाए ।

    उक्त अवसरमा  द्वन्द्वपीडित देवी सिउथानी र शुशिला थापाले द्वन्द्वको समयमा वेपत्ता पारिएका व्यक्तिहरुको नाम र वेपत्ता पारिएको समय उल्लेख गरिएको स्मृति भित्ते पात्रो र भोईस अव वमेन मेडिया नाम पुस्तक समेत समन्वय प्रमुखलाई हस्तान्तरण गरेका थिए । कार्यक्रमको सञ्चालन द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जालकी केन्द्रीय सचिव सावित्री खड्काले गरेकी थिईन् ।

    द्वन्द्वको समयमा महिलामाथि भएका हिंसाको राज्यसंग कुनै तथ्याङ्क नभएको र यस खालका घटना सरकारको द्वन्द्वपीडितको परिभाषामा नपरेको संक्रमणकालिन न्यायको व्याख्यामा महिलाको दृष्टिकोणबाट कहिल्यै हुन नसेकोले सचेत गराउनका लागि ज्ञापनपत्र बुझाएको खड्काले बताईन् । 

    ‘२०५२ साल देखि २०६३ सालसम्म आईपुग्दा कैयौं महिला दिदी बहिनीहरु माथि यातना कुटपिट र यौनहिंसा भएको छ,’ उनले भनिन्,‘सरकारसंग यसको कुनै तथ्याङ्क छैन र सम्बोधन गर्ने प्रयास पनि गरेको छैन । यो विडम्पनापूर्ण अवस्था हो ।’

    ज्ञापनपत्रमा विगतमा भएको यौनजन्य हिंसा र बलत्कार घटनाको पनि उजुरी दर्ता हुने र न्याय पाउने अवस्था सिर्जना गर्न माग गरिएको छ । 

  • सम्बन्धित विषय:

  • # महिला
  • # द्वन्द्वको समयमा

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार