काठमाडाैँ : नायिका स्वेता खड्का आज आफ्नो जन्मदिन मनाउँदैछिन् । भर्खरै विवाह बन्धनमा बाँधिएर चर्चामा रहेकी खड्का केहि दिन अघि सुष्मा कार्कीसँग भएको लफडाको कारण चर्चामा छिन् ।
चलचित्र ‘कहाँ भेटिएला’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका स्वेता खड्काले यसपछि केहि चलचित्रमा अभिनय गरिन् । उनलाई चलचित्र ‘कहाँ भेटिएला’ले परिचित गरायो । ‘कोहिनुर’बाट उनी निर्मात्रीको रुपमा पनि हिटभइन् ।
बिहे गरेको एक महिनामै नै नायक श्रीकृष्ण श्रेष्ठको निधन भएपछि स्वेता केहि वर्ष विक्षिप्त बनिन् । विवाह बन्धनमा बाधिँएको हुनाले उनले आफ्नो परिवारसँग जन्मदिन मनाएकी छिन् ।