बागलुङ : निसीखोलामा आगलागी हुँदा गोठसहित २५ वटा बाख्रा जलेका छन् । शुक्रबार बिहान गाउँपालिकाको वडा नम्बर ३ धाराखर्कमा बाख्रा गोठमा आगलागी हुदाँ २५ ओटा बाख्रा जलेका हुन् । शुक्रबार बिहान करिब ७ बजेको समयमा स्थानीय विक्रम विकको गोठमा अचनाक आगलागी भएर बाख्राहरु जलेको निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले जानकारी दिए ।
बिहान गोठमा बाख्रालाई दाना पकाउने क्रममा बाख्राका पाठाले आगो उछिट्याउँदा आगो लागेको पीडित विकले बताए । लागलागीमा परि ११ ओटा बाख्राहरु जलेर नष्ट भएका छन् भने १४ ओटा बाख्रा घाईते भएका थिए । ती मध्ये १५ वटा ब्याउने र अन्य साना पाठापाठी रहेको बताए ।घाइते बाख्रा पनि बाँच्ने अवस्था नभएपछि
गाउँमा वितरण गरिसकेकाे विकले बागलुङ पाेस्टलाइ बताए । पीडित विकले आफूसँग भएको ५० हजार नगद समेत जलेको भन्दै ५ लाखभन्दा बढी क्षेति भएको बताए । उनले बाख्रासँगै गाेठ र दारपात सबै जलेर नष्ट भएकाे सुनाए ।