बागलुङ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले प्रधानमन्त्रीले बेमौसममा चुनाव गराए मुलुकमा आर्थिक संकट आई पर्ने बताएका छन् ।
राष्ट्रिय जनमोर्चाले शनिबार गलकोटमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै जनताले विकासका लागि छुट्याएको बजेट कटौटी गरेर चुनाव गराउँदा मुलुकमा विकाको सटो दुर्गती हुने बताए । उनले पाँच वर्षका लागि जनताले स्थायी सरकार संचालन गर्न जनमत दिए पनि प्रधानमन्त्री ओलीले जनभावना माथि कुठराघात गरेको बताए ।
वर्तमान सरकार देश र जनताको लागि भन्दा कुर्ची र भागभण्डामा बाही भएको उनको तर्क छ ।केसीले फरक प्रसंगमा बोल्दै कोरोना नियन्त्रणमा ध्यान नगएको भन्दै कुर्चीका लागि लुछाचुडी गरिरहेको बताए । अहिलेको सरकार भारतको इसारमा चलेको आरोप लगाए ।
कार्यक्रम राष्ट्रिय जनमोर्चा जिल्ला समिति बागलुङका सल्लाहकार तथा गलकोट नगर समितिका अध्यक्ष टंक बहादुर के.सीको अध्यक्षता, राष्ट्रिय जनमोर्चा गलकोटका सदस्य तथा अखिल नेपाल महिला संघ गलकोटका अध्यक्ष देबी खत्रीको स्वागत र जनमोर्चा बागलुङका सचिव भिमलाल पोखरेलको संचालनमा सम्पन्न भएको थियो ।