किन लाग्याे सन्नी लियोनीमाथि २९ लाख ठगीको आरोप

किन लाग्याे सन्नी लियोनीमाथि २९ लाख ठगीको आरोप

  • माघ २५, २०७७ आइतवार
  • ११:३८:१० बजे
  • 3.8K
    SHARES
  • किन लाग्याे  सन्नी लियोनीमाथि २९ लाख ठगीको आरोप

    काठमाडाैँ : बलिउड नायिका सनी लियोनी आजकाल केरलमा छुट्टी मनाइरहेकी छिन् । छुट्टी मनाइरहँदा नायिकाको सामना केरल क्राइम ब्रान्चसँग भएको छ । वास्तवमा सनी लियोनीमाथि ठगीको आरोप लागेको छ । नायिकालाई केरल क्राइम ब्रान्चले यो विषयमा घण्टौंसम्म सोधपुछ गरेको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् । 

    सनीमाथि लाग्यो यस्तो आरोपः

    सनी लियोनीमाथि एक व्यक्तिले २९ लाख भारु ठगी गरेको आरोप लगाएका छन् । द हिन्दूमा छापिएको रिपोर्ट अजुसार पेरु मबरुरमा बस्ने आर श्रेयस नामका व्यक्तिले सनी लियोनीविरुद्ध २९ लाख भारु ठगीको आरोप लगाएका हुन् ।

    श्रेयसका अनुसार सनी लियोनीले उनीसँग यो रकम दुई कार्यक्रमका लागि लिएकी थिइन् तर उनले कार्यक्रममा उपस्थित हुन अस्विकार गरिन् । यसै मामिलामा केरल क्राइम ब्रान्चले नायिकालाई शुक्रबार राती सोधपुछका लागि बोलाएको थियो । 

    यो कारणले कार्यक्रममा उपस्थित हुन सकिनन्ः
    खबरलाई विश्वास गर्ने हो भने  सनीलाई कार्यक्रममा उपस्थित नहुनुको कारण सोधपुछ गरियो । सनीले प्रहरीको सोधपुछमा आफू कोरोनाका कारण कार्यक्रममा भाग लिन असमर्थ  भएको बताएकी छिन् । सनीका अनुसार आयोजकले पाँच पटक कार्यक्रम रद्द गरिदिए र निर्धारित समयानुसार कार्यक्रम आयोजना पनि भएन ।

    अपराध शाखाका अधिकारीले यदि आयोजकले अन्य कुनै दिन कार्यक्रमको आयोजना गरे उनी उक्त कार्यक्रममा सहभागी हुन तयार भएको बताएकी छिन् । यो विषयमा उजुरीकर्ता र सनीबीच कुराकानी जारी छ । 

  • सम्बन्धित विषय:

  • # सन्नी लियोनी

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार