नायिका स्वस्तिमा खड्काले प्रकाश सुवेदीलाई यसाे भनेपछि...

नायिका स्वस्तिमा खड्काले प्रकाश सुवेदीलाई यसाे भनेपछि...

  • मंसिर २६, २०७७ शुक्रवार
  • ०९:२५:५९ बजे
  • 4.1K
    SHARES
  • नायिका स्वस्तिमा खड्काले प्रकाश सुवेदीलाई यसाे भनेपछि...

    काठमाडाैँ : सञ्चारकर्मी प्रकाश सुवेदीको रजतपट विभिन्न कारणसहित विवादमा छाइरहन्छ । पछिल्लो पटक भने यसमा नायिका स्वस्तिमा खड्का तानिएकी छिन् । 

    रजतपत कार्यक्रमको पछिल्लो श्रृङ्खलामा प्रस्तोताले नेपाली कलाकारहरु कामविहिन भएको कुरा उठाउँदै स्वस्तिमा खड्कालाई इंगित गर्दै अभिव्यक्ति दिएका छन् । उनले भनेका छन्, ‘कुनै समय थियो हाम्रा कलाकारहरुलाई भ्याईनभ्याई हुन्थ्यो ।

    अलि चलेका कलाकारलाई लिएर फिल्म बनाउन खोज्दा पनि एक वर्षपछि गएर सोच्नुपर्ने स्थिती थियो, त्यति व्यस्त थिए कलाकार । डेट दिनै गाह्रो । अहिले त कामधाम छैन, बुढो बोक्यो, हिँड्यो । ’

    प्रकाशको यस्तो अभिव्यक्तिपछि नायिका स्वस्तिमाले श्रीमान् निश्चल बस्नेतलाई बोकेको छोटो भिडियो राखिएको छ । यसमा स्वस्तिमाले प्रतिक्रिया दिएकी छिन् । आफ्नो आधिकारिक फेसबुकमा उनले बिहिबार राती लेखेकी छिन्, ‘बरु बुढा बोकेर हिँडिन्छ तर जति फोन गरेपनि तिम्रोमा अन्तर्वार्ता दिन आइन्नँ । रजतपत’

    उनले थपेकी छिन्, ‘फोन नउठाएर सारै रिसाउनु भाको रैछ । सरी ल !’ यस्तै स्वस्तिमाका श्रीमान् निश्चल बस्नेतले पनि यसबारे फेसबुकमा स्टेटस लेखेका छन् ।  उनी भन्छन्, ‘‘बरु बुढा बोकेर हिँडिन्छ तर जति फोन गरेपनि तिम्रोमा अन्तर्वार्ता दिन आइन्न ल, भन्छे मेरी बुढी त !’ 

    रजतपट कार्यक्रममा प्रस्तोताले नेपाली चलचित्रका अभिनेत्रीहरुलाई लक्षित गर्दै विवादित टिप्पणी गर्ने गरेका छन् । यसअघि अभिनेत्री पूजा शर्माको शारीरिक स्वरुपबारे उनले विवादित बयान दिएका थिए ।

    आफूप्रति गरिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै पूजाले नेपाल चलचित्र कालकार संघ, महिला आयोग र प्रेस काउन्सिलमा उजुरी दिएकी थिइन् ।

    चलचित्र सम्बन्धित सात पेशागत संघ संगठनले रजतपटमा सहभागी नहुन चलचित्रकर्मीहरुलाई आग्रहसमेत  गरेको छ । 

  • सम्बन्धित विषय:

  • # स्वस्तिमा
  • # नायिका

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार