सुशिल कोइरालाको छैठौं स्मृति दिवसमा ‘संकटमा संविधान’ विषयक गोष्ठी

सुशिल कोइरालाको छैठौं स्मृति दिवसमा ‘संकटमा संविधान’ विषयक गोष्ठी

  • माघ २६, २०७७ सोमवार
  • २२:२७:१४ बजे
  • 4.9K
    SHARES
  • सुशिल कोइरालाको छैठौं स्मृति दिवसमा ‘संकटमा संविधान’ विषयक गोष्ठी

    बागलुङ : नेपाली काँग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री स्व. सुशिल कोइरालाको छैठौं स्मृति दिवसको अवसरमा सुशिल कोईराला सोसोलिष्ट सर्कल बागलुङले ‘संकटमा संविधान’ विषयक गोष्ठीमा सम्पन्न गरेको छ ।

    कार्यक्रममा बोल्ने वक्ताहरु प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटन संविधान विपरित भएको भन्दै यो नेपाली जनतामाथिको घात भएको बताएका छन् । उनीहरुले जनताको संविधान माथि केपी ओलीले हमला गरेर संविधान नै संकटमा पारेको आरोप लगाएका थिए । 

    कार्यक्रममा संविधान सभा सदस्य एवं नेपाली काँग्रेस बागलुङका निर्वतमान सभापति प्रकाश शर्मा पौडेलले संविधान बचाउनको लागि सबै एकजुट हुन जरुरी रहेको भन्दै ओलीले संविधानलाई धरापमा पारेको बताए । 

    कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी बागलुङका युवा नेता हिरा बहादुर केसीले प्रतिनिधि सभा विघटनले देशलाई दुर्घटना तर्फ धकेलेको बताए । उनले ओलीको कारण संविधान ठुलो संकटमा परेको भन्दै संविधानलाई यसबाट जोगाउन नेपाली काँग्रेसले ठोस निर्णयका भुमिका लिनुपर्ने बताए ।

    कार्यक्रमा राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव भिमलाल पोखरेल,नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि मञ्जु शर्मा चालिसे, प्रजातन्त्रवादी प्रध्यायपक संघका केन्द्रिय सदस्य धुव्रराज गौतम, नेपाल पत्रकार महासंघ बागलुङका निवर्तमान अध्यक्ष मुकेशचन्द्र राजभण्डारी लगायतले बोलेका थिए ।

    कार्यक्रम सुसिल कोइराला सोसोलिष्ट युथ सर्कल बागलुङका अध्यक्ष दिपक सुवेदीको अध्यक्षता कोषाध्यक्ष एलिना ओलीको स्वागत र सचिव नवराज परियारको संचालनमा सम्पन्न भएको थियो ।

  • सम्बन्धित विषय:

  • # सुशिल कोइराला

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार