आज उत्पत्तिका एकादशी, के के गर्दा शुभफल मिल्छ ?

आज उत्पत्तिका एकादशी, के के गर्दा शुभफल मिल्छ ?

  • मंसिर २६, २०७७ शुक्रवार
  • १२:४९:१० बजे
  • 3.9K
    SHARES
  • आज उत्पत्तिका एकादशी, के के गर्दा शुभफल मिल्छ ?

    काठमाडौं :  हिन्दु पञ्चाङ्ग अनुसार एकादशी तिथि एउटा पवित्र तिथि हो ।

    व्रत, उपासना एवं उपवासको लागि महत्वपूर्ण तिथिको रुपमा मानिन्छ । सामान्यतया पञ्चाङ्गले एक महिनामा दुई वटा एकादशीको व्यवस्था गरेको छ ।

    एकादशीमा उपवास बस्नेहरु हरेक महिनामा दुई दिन नुन र बिटुलो

    अन्न नखाएर व्रत बस्ने गर्छन् । तर यही रितले हरेक वर्ष २४ वटा एकादशी र अधिकमास परेको बेलामा २६ वटासम्म एकादशी पर्नेगर्छ । तर यी २६ वटा एकादशीको महत्व के कस्तो हुन्छ त ?

    पुराणका अनुसार एकादशी व्रत गर्ने व्यक्ति जीवनमा कहिले पनि संकटमा पर्दैन वा धन र समृद्धिको लागि एकादशी व्रत उपयोगी छ । हरेक महिना मनाइने भिन्दाभिन्दै एकादशीको अलगअलग लाभ रहेको हुन्छ । व्यक्तिको स्वास्थ्य, योनी, राक्षस, प्रेतहरू आदिबाट मुक्ति पाउने एवं विभिन्न पापहरूबाट छुटकारा पाउनको लागि एकादशी व्रत लाभदायक रहेको धार्मिक मान्यता छ ।

     

    आज उत्पत्तिका एकादशी । एक वर्षमा मनाइने कुल २६ किसिमका एकादशीमध्येको एक उत्पत्तिका एकादशी मंसिर महिनाको कृष्ण पक्षमा मनाउने गरिन्छ । भनिन्छ, यदि व्यक्ति एकादशीको व्रत कसैले सुरु गर्न चाहन्छ भने उत्पन्ना एकादशी वा उत्पत्तिका एकादशीको दिनदेखि सुरु गर्नु राम्रो हुन्छ ।

    यो एकादशीमा व्रत सुरु गर्दा भक्तहरूलाई उनीहरूको वर्तमान र विगतको सबै पापहरूबाट मुक्त गराउन सकिन्छ भन्ने धार्मिक मान्यता छ ।

    शास्त्रीय मान्यता अनुसार यस एकादशीको दिन भगवान् विष्णुबाट उत्पन्न भएकी देवी एकादशीले मुर राक्षसको वध गरेकी थिइन् ।

    यही दिन एकादशीले विजय हासिल गरेको उपलक्ष्यमा उत्सव पनि मनाउने गरिन्छ । देवी एकादशीको जन्म पनि यही दिन भएको थियो । उत्पन्ना एकादशीको दिन उपवास गर्ने व्यक्तिलाई विष्णु र देवी एकादशीको विशेष आशीर्वाद मिल्छ भन्ने मान्यता पनि छ ।

    उत्पन्ना एकादशीको उपवासमा बसेको व्यक्तिले दशमीको दिनदेखि नै यसको विधान पूरा गर्नुपर्ने हुन्छ । बिहान प्रातः कालमा नै उठेर स्नानादि कर्म गर्नुपर्छ । सानो टेबुल वा जमिनमा रातो कपडा बिछाउनु पर्छ ।

    भगवान विष्णुको मूर्ति वा चित्रको पूजा गरी गंगाको पानी, धूप, बत्तीहरू आदि छर्केर पूजा गर्नुहोस् । त्यसपछि पहेलो फूल र फलहरु चढाउनुपर्छ । त्यसपछि घिउको बत्ती बाल्नुहोस् । त्यसपछि आरती गरेर विष्णु सहस्रनामको पाठ गर्नु होस् ।

    दिनभरि भजन र कीर्तन गरेर एकादशी देवीको उपासना गर्न सकिन्छ । साँझमा दीपदान गरेपछि त्यसको प्रसाद आफू पनि लिनुपर्छ ।

    भोलिपल्ट बिहान द्वादशी तिथिमा भगवान् श्रीकृष्णको पूजा गर्नुहोस् र अभाव भएकाहरुलाई खाना उपलब्ध गराउनुहोस् । onlinekhabar

  • सम्बन्धित विषय:

  • # एकादशी
  • # शुभफल

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार