‘केपी ओली आई लभ यू’ भिडियो यसरी भयो भाइरल हेर्नुहाेस् भिडियाे

‘केपी ओली आई लभ यू’ भिडियो यसरी भयो भाइरल हेर्नुहाेस् भिडियाे

  • माघ २९, २०७७ बिहिवार
  • ०८:४९:४१ बजे
  • 6.6K
    SHARES
  • ‘केपी ओली आई लभ यू’  भिडियो यसरी भयो भाइरल हेर्नुहाेस् भिडियाे

    काठमाडौं : भ्यालेन्टाइन डे नजिकिएको छ । प्रेममा परेका युवा–युवतीहरू आफ्ना प्रेमी-प्रेमिकालाई कसरी माया दर्शाउने भनेर सोचमग्न होलान् । जो सिंगल छन्, उनीहरू पनि कसरी आफूले मन पराएको व्यक्तिलाई प्रपोज हान्ने भनेर योजना बुन्दै होलान् ।

    माया दर्शाउन होस् वा प्रेम प्रस्ताव राख्न, सबैभन्दा चलनचल्तीको शब्द हो, आई लभ यू । प्रेममा परेकाहरूले एक(अर्कालाई आई लभ यू भन्नु नियमित काम नै भयो । तर आफूले मन पराएको व्यक्तिलाई फ्याट्ट ‘आई लभ यू’ भन्न सकिंदैन । बरु सामाजिक सञ्जालमार्फत आफूले मन पराएको सेलिब्रिटीलाई ‘आई लभ यू’ भन्नेरलेख्नेहरू चाहिं धेरै छन् ।

    यही ‘आई लभ यू’ अहिले टिकटकमा अनौठो किसिमले भाइरल भइरहेको छ । अनौठो यसकारण कि युवा–युवतीहरू कुनै लक्का जवान सेलिब्रिटीलाई होइन, देशका प्रधानमन्त्रीलाई आई लभ यू भनिरहेका छन् । उमेरले वृद्धावस्थाका प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘आई लभ यू’ भन्दै खासगरी युवतीहरूले बनाएका भिडियो क्लिप्स बग्रेल्ती भेटिन्छन् ।

    केही वर्षदेखि नेपाली राजनीतिको केन्द्रमा छन् ओली । यस्तो लाग्छ कि उनको पक्ष र विपक्षमा देश बाँडिएको छ । देशमा या त ओली समर्थक छन् या विरोधी । धेरै सञ्चारमाध्यमले ओलीलाई लगातार खलनायकको रूपमा चित्रित गरिरहेका छन् ।

    संसद विघटनयता त झनै खुलेर ओलीमाथि आक्रमण भइरहेको छ । यसका बाबजूद टिकटकमा ‘केपी ओली आई लभ यू’ वाला ट्रेन्ड किन चलिरहेको छ त ? यसरी टिकटक बनाउने पुस्ता त्यो हो, जसलाई देशको राजनीतिसँग खासै चासो छैन । उनीहरू ओलीका भाषण समाचारमा होइन, टिकटकमै हेर्छन् र रमाइलो मान्छन् ।

    विरोधीहरूको तेजोबध गर्ने चोटिला डाइलग र रमाइला उखान टुक्कासहितका भाषणले टिकटकमा ओलीको अर्कै खाले फ्यान फलोइङ जन्माइरहेको छ । राजनीतिमा चाख नराख्ने पुस्ताले उनलाई पछ्याउन थालेको छ ।

    पछिल्लो समय ओलीको भाषणका कैयन् फुटेज टिकटकमा भाइरल छन् । ओली र प्रचण्डको फुटेज जोडेर बनाइएको ‘नाटकै हो, नौटंकी नै हो’ वाला टिकटकले त व्यापकै रूप लियो । ओलीले प्रचण्ड र माधव नेपालको क्यारिकेचर गरेका भिडियोहरू पनि उत्तिकै चर्चित छन् ।

    कसरी शुरू भयो ट्रेन्ड ?
    गएको माघ २२ गते प्रचण्ड–माधव समूहले संसद विघटनको विरोधमा देशव्यापी आमहड्ताल आयोजना गरेको थियो । सोही दिन ओली समूह समर्थित युवा संघले काठमाडौंमा मार्च पास आयोजना ग¥यो ।

    त्यही मार्चपासमा पहिलोपटक ‘केपी ओली आई लभ यू’ को नारा लागेको बताउँछिन् ओली समर्थित अनेरास्ववियूकी सचिवालय सदस्य अस्मिता थापा ।

    ‘पूर्वयोजना बनाएर होइन, फिल्डमा स्वस्फूर्त रूपमा लागेको नारा हो’, उनले भनिन् । पार्टीका युवा नेता महेश बस्नेतबाट यो नारा शुरू भएको उनको भनाइ छ ।

    सो मार्चपासमा सहभागीहरूले ‘नेपाल बन्दैछ, केपी ओली आई लभ यू’ भन्दै गरिएको नारावाजीको भिडियो फुटेज टिकटकमा आएपछि हिट भएको थियो । त्यसपछि ओली समर्थित अन्य जुलुसहरूमा पनि यो नारा लाग्ने गरेको छ ।

    साथै, यही आवाजमा लिप सिंक गरेर टिकटकमा भिडियो बनाउने होड चलेको छ । युवा–युवतीहरूले ओलीको फोटो देखाएर भिडियो बनाइरहेका छन् ।

    हेर्नुहाेस् भिडियाे

  • सम्बन्धित विषय:

  • # केपी ओली

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार