प्रेममा छिन् नायिका वर्षा सिवाकोटी, विवाह कहिले ?

प्रेममा छिन् नायिका वर्षा सिवाकोटी, विवाह कहिले ?

  • मंसिर २६, २०७७ शुक्रवार
  • १७:०५:०२ बजे
  • 4.8K
    SHARES
  • प्रेममा छिन् नायिका वर्षा सिवाकोटी, विवाह कहिले ?

    नायिका वर्षा सिवाकोटी विगत १ वर्षदेखि सविनजंग थापासँग प्रेममा छिन् ।

    अमेरिकामा रहँदै आएका सविन र वर्षाको चिनजान आफन्तहरुको माध्यमबाट भएको हो ।

    यसपछि, उनीहरुबीच कुराकानी हुँदै गयो ।

    कसले पहिले प्रेम प्रस्ताव राख्यो त ?  वर्षा भन्छिन्–‘हामीले प्रेम प्रस्ताव नै राखेका छैनौ । कुराकानीका क्रममा एक अर्कासँग नजिक भयौं । मायाको अनुभुति हुन थाल्यो ।’

    अमेरिकामा एक महिना बिताउँदा सविन र वर्षाले एक अर्काको आफन्तलाई समेत परिचित गराएका थिए । के बिहेको तयारी पनि गर्नुभएको हो भन्ने प्रश्नमा वर्षा भन्छिन्, ‘तत्काल त हाम्रो बिहे गर्ने सोच छैन । तर, २ वर्षभित्र हामी बिहे गर्छौं ।’

    बिहे गरेपछि के गर्नुहुन्छ त भन्ने प्रश्नमा उनले भनिन्, ‘म बिहे गरे पनि चलचित्र क्षेत्र छाड्दिनँ ।’

    सविन वर्षाको कलाकारिता यात्राबाट खुशी छन् ।

    सविनले आफूलाई काम गर्न सधै प्रेरणा दिने वर्षाको भनाइ छ ।

    सम्बन्धित समाचार