रामकुमारी झाँक्री फेरि पक्राउ पर्न सक्छिन् -सूर्य थापा

रामकुमारी झाँक्री फेरि पक्राउ पर्न सक्छिन् -सूर्य थापा

  • फाल्गुण १, २०७७ शनिवार
  • १०:२४:५२ बजे
  • 3.7K
    SHARES
  • रामकुमारी झाँक्री फेरि पक्राउ पर्न सक्छिन् -सूर्य थापा

    काठमाडाैँ : प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार एवं नेकपा ओली समूहका केन्द्रीय सदस्य सूर्य थापाले रामकुमारी झाँक्रीले आफूला नसुधारे फेरि पक्राउ पर्न सक्ने चेतावनी दिएका छन् ।

    थापाले राष्ट्रपतिविरुद्द अमर्यादित र अशिष्ट टिप्पणी जारी राखे झाँक्रीमाथि कारबाही हुने बताए ।‘राष्ट्रपतिलाई बालकोट गएर बस्नुस भनेर के बोलेको रु एउटा सद्दृे मान्छेले त्यसरी बोल्न मिल्छ रु’, ऋषि धमलाको ‘जनता जान्न चाहन्छन् कार्यक्रममा शुक्रबार राति थापाले भने, ‘रामकुमारी झाँक्री खुमलटार गएर बस्नुस् भन्ने ?’,

    थापाले राष्ट्रपति भइसकेका व्यक्ति निर्वाचन लड्न नआउने भन्दै रामकुमारीले राष्ट्रपतिलाई निर्वाचन लड्न दिएको चुनौती आपत्तिजनक रहेको बताए । ‘कारगेट छाड्नुस्, चुनाव लड्न आउनुस् अरे ।

    नेपालमा राष्ट्रपति भइसकेको व्यक्तित्वहरु न रामवरण यादव, न विद्यादेवी भण्डारी रामकुमारीसँग चुनाव लड्न आउँछन् रु’, थापाले प्रश्न गरे, ‘रामकुमारी कुन ठाउँको चुनाव लड्ने हो र रु कहाँ टिकट पाएर लड्ने उहाँ ?’

    प्रधानमन्त्रीले गर्ने सिफारिसबाहेक अनुमोदनबाहेक राष्ट्रपतिले केही नगरेको भन्दै थापाले राष्ट्रपतिसँत उत्तेजित भएर गाली जलौग र धम्की दिने तथा अशिष्ट र अमर्यादित कुरा बोल्नुपर्ने अवस्था नरहेको टिप्पणी गरे । रामकुमारीलाई फेरि फक्राउ गर्नहुन्छ ?

    भन्ने धमलाको प्रश्नमा थापाले भने, ‘संविधान बमोजिमका क्रियाकलाप गर्ने कोही डराउनुपर्दैन, संविधानविपरीतका गतिविधि गर्नेहरु डराउनुपर्छ’, उनले भने, ‘यस्ता कुरा अबिलम्ब सच्याउनुपर्छ । यदि सच्याउनुभएन भने उहाँहरु कारबाहीमा पर्नुहुन्छ ।’

    थापाले प्रहरीले पक्राउ गरेर हिरासतमा सोधपुछ गर्दा झाँक्रीले आफूले राष्ट्रपतिमाथि विगतदेखि नै सम्मान गर्दै आएको, अहिले र भविष्यमा समेत सम्मान गर्ने लिखित प्रतिबद्धता जनाएर छुटेको दाबी गरे ।

    ‘उहाँले प्रहरीले पक्राउ गरेर पुर्पक्षमा सोधपुछ गर्दा मैले ठीक बोलें भन्न सक्नुभयो रु’, थापाले भने, ‘राष्ट्रपितिमाथि अशिष्ट र मर्यादाहीन टिप्पणी गरेर उहाँहरुको रानजीतिक निर्वाह चल्छ ?’ राष्ट्रपतिको अपमान गरेको भन्दै प्रहरीले बिहीबार झाँक्रीलाई बानेश्वरस्थित निवासबाट पक्राउ गरेको थियो ।

    झाँक्री पक्राउको विरोधमा नेकपाको प्रचण्ड–नेपाल पक्षका युवा र विद्यार्थीले सडकमै प्रदर्शन गरे भने नेपाली काँग्रेसलगायत रानजीतिक दल, मानवअधिकार आयोग, वरिष्ठ अधिवक्ताहरु लगायतको दबाबमा उनी सोही दिन रिहा भएकी थिइन् ।

  • सम्बन्धित विषय:

  • # बागलुङ बजार

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार